काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार बिहान भेटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् ।
सोमबार बिहान ९ बजे राजदूत यान्छीले प्रचण्डको निजी निवास खुमलटार पुगेर भेटवार्ता गरेकी हुन् । नयाँ प्रधानमन्त्री खोज्ने दौड चलिरहेको र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बेला भेटवार्ता भएको हो ।
यसअघि प्रतिनिधिसभा विघटन र नेकपा फुट्नै लागेको बेला यान्छीले सक्रियता जनाएपनि सफल हुन सकेको थिएन । नयाँ सत्ता समीकरणको अभ्यास भइरहेका बेला यान्छी फेरि सक्रिय भएकी छन् ।
राजदूत यान्छीले भेटेपछि सोमबार दिउँसो स्थायी कमिटी बैठकको सूचना जारी गर्दै माओवादीले आज मंगलबार बिहानै ८ बजे बैठक बोलाएको छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा निर्णय हुनसक्ने चर्चा छ । तर नयाँ सरकार बन्ने सुनिश्चित नभएसम्म समर्थन फिर्ता नगर्ने तर्क माओवादी नेताहरूले गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।