आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादी ब्युतिएपछि पहिलोपटक पत्नी सीतासहित काठमाडौंबाहिर ‘मूड फ्रेस’ गर्दै प्रचण्ड !

माओवादी ब्युतिएपछि पहिलोपटक पत्नी सीतासहित काठमाडौंबाहिर ‘मूड फ्रेस’ गर्दै प्रचण्ड !

  • मिडिया डबली
  • बिहिवार, चैत्र ५ २०७७

  • 4.6K
    SHARES

  • माओवादी ब्युतिएपछि पहिलोपटक पत्नी सीतासहित काठमाडौंबाहिर ‘मूड फ्रेस’ गर्दै प्रचण्ड !

    काठमाडौं – सर्वाेच्च अदालतले नेकपा माओवादी केन्द्र ब्युताएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक ‘मूड फ्रेस’ गर्न सिन्धुली पुगेका छन् ।

    पछिल्लो समय फागुन ११ र २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेपाली राजनीति तातिरहेका बेला पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड ‘मूड फ्रेस’ गर्न बुधवार परिवारसहित सिन्धुली पुगेका छन् ।

    माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलका अनुसार सिन्धुलीमा कुनै औपाचारिक कार्यक्रम नभए पनि प्रचण्ड मूड फ्रेसका लागि सिन्धुली पुगेका छन् ।

    ‘सिन्धुलीमा कुनै त्यस्तो औपचारिक कार्यक्रम छैन । अध्यक्ष कमरेड मूड फ्रेस हुन, रि–फ्रेसका लागि सिन्धुली आउनुभएको हो,’ गजुरेलले भने ।

    अध्यक्ष प्रचण्डका साथमा प्रचण्ड पत्नी सीता दाहाल, प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महरा लगायत रहेका छन् । यसअघि राजनीति र परिवारमा तनाव हुँदा प्रायः सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोटका रिसोर्टमा पुग्ने प्रचण्ड यसपटक सिन्धुलीमा पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको निजी निवासमा बस्ने कार्यक्रम रहेको छ ।

    फागुन २३ गतेको सर्वोच्चको फैसलामा ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेज भएपछि प्रचण्ड नेपाली राजनीतिक घटनाक्रममा थप तनावमा देखिएका छन् । 

    प्रधानमन्त्री ओलीलाई हटाउन र नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसँग तीव्ररूपमा छलफलमा जुटेका प्रचण्ड मंगलवार राष्ट्रपतिको आह्वानमा शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा समेत पुगेका थिए । 

    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसलाई प्रतिगमन देशव्यापी विरोध कार्यक्रम भएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend