आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादीको बैठक सकियो, सरकारलाई दिएको समर्थन फिर्ताबारे यस्तो निर्णय

माओवादीको बैठक सकियो, सरकारलाई दिएको समर्थन फिर्ताबारे यस्तो निर्णय

  • मिडिया डबली
  • मंगलवार, चैत्र ३ २०७७

  • 11.0K
    SHARES

  • माओवादीको बैठक सकियो, सरकारलाई दिएको समर्थन फिर्ताबारे यस्तो निर्णय

    काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दल बैठकले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ ।

    बैठकले ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय समेत गरेको छ ।

    सिंहदरबारमा आज मंगलवार बसेको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्च अदालतले नै उल्टाइदिएको अवस्थामा प्रधानमन्त्री पदमा रहन नमिल्ने ठहर गरेको सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले बताए ।

    सांसद पुनले सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेर निर्णय नभएको बताए । नेता पुनले माओवादीका ६ जना सांसदहरू अर्को दलमा गएको भन्ने विषयमा आफ्नो धारणा पेश गर्न पनि पत्राचार गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

    बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दलको नेता र देव गुरुङलाई मुख्य सचेतकमा कायमै राख्ने निर्णय समेत गरेको बताए ।

    बैठकमा संसदीय दलका नेता प्रचण्डले राजनीतिक घटनाक्रमबारे सांसदहरूलाई जानकारी गराएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend