आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डका गुरुको ठोकुवा : नेपालमा अहिले नै शान्ति सम्भव छैन, फेरि बन्दुक उठ्छ

प्रचण्डका गुरुको ठोकुवा : नेपालमा अहिले नै शान्ति सम्भव छैन, फेरि बन्दुक उठ्छ

  • मिडिया डबली
  • सोमवार, चैत्र २ २०७७

  • 6.1K
    SHARES

  • प्रचण्डका गुरुको ठोकुवा : नेपालमा अहिले नै शान्ति सम्भव छैन, फेरि बन्दुक उठ्छ

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक गुरु मानिने नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले क्रान्ति पूरा नभएको भन्दै फेरि बन्दुक उठ्ने घोषणा गरेका छन् ।

    क्रान्ति गरेपछि मात्रै शान्ति आउने भएकाले क्रान्ति नै पूरा नभएको सन्दर्भमा अहिले नै शान्ति सम्भव नभएको वैद्यले तर्क गरेका छन् । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण अवस्थामा पुगेको घोषणा गरेका थिए ।

    आईतवार नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध जनवर्गीय संगठन तथा मोर्चाहरूले काठमाडौंको शान्ति बाटिकामा आयोजना गरेको विरोध सभामा नेता किरणले फेरि बन्दुक उठ्ने बताएका हुन् ।

    नेपालमा क्रान्ति पूरा नभएकाले शान्तिको सम्भावना अहिले नरहेको वैद्यले बताए । प्रधानमन्त्री ओलीले सबै पार्टीहरू संसदीय मूलधारमा आएकाले अब देशमा शान्ति भएको अभिव्यक्ति दिएका थिए । ओलीको अभिव्यक्तिप्रति टिप्पणी गर्दै महासचिव वैद्यले अझै बन्दुक उठ्ने ठोकुवा गरेका हुन् ।

    क्रान्तिकारीहरू संसदवादी मूलधारमा नभएको र आफूहरूले अहिलेको व्यवस्था नमान्ने भन्दै क्रान्तिपछि मात्रै शान्ति आउने बताएका छन् । ‘संसदवादी मूलधारमा छैनन् । हामी छैनौं । यो व्यवस्थालाई मान्दैनौं । त्यसकारण संसदीय मूलधारमा जाने कुरा आउँदैन । क्रान्ति गर्नुपर्छ । प्रधानमन्त्रीजीले अब शान्तिको नयाँ युग सुरू भो भन्नुभयो । यो झूट हो । विप्लवजीहरूले सम्झौता गर्ने बित्तिकै शान्तिको युग उहाँहरूले भनेजस्तो सुरू भएको छैन । यहाँका समस्याहरू हुन्, जबसम्म समाधान हुँदैन तबसम्म शान्तिको युग सुरू हुँदैन । सत्ताधारी वर्गले जनतालाई शोषण, उत्पीडन, दमन गर्ने यी कम्युनिस्ट नामधारीहरू शहिदको रगतको आहालमा डुबेर सत्तामा जाने, अनि शान्ति कसरी हुन्छ ? शान्तिको युग क्रान्ति गरेपछि आउँछ । बन्दुक उठाएपछि के हुन्छ ? फेरि बन्दुक उठ्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend