आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले नेता भीम रावल माओवादी बैठकमा प्रवेश

एमाले नेता भीम रावल माओवादी बैठकमा प्रवेश

  • मिडिया डबली
  • शनिवार, फाल्गुण २९ २०७७

  • 11.6K
    SHARES

  • एमाले नेता भीम रावल माओवादी बैठकमा प्रवेश

    काठमाडौं – सर्वाेच्च अदालतले तत्कालीन नेकपा एकता बदर गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी छुट्टाछुट्टै हिँडेका छन् ।

    छुट्टाछुट्टै भएपनि प्रचण्ड नेतृत्वको माओवादी र एमालेको माधव नेपाल समूहबीच निकटता छ । शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा त्यो निकटता देखिएको छ ।

    नेकपा एमालेका नेता भीम रावल माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रवेश गरेका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा भीम रावल छिरेर केहीबेरमा बाहिरिएका हुन् । उनले बाहिर सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएका थिएनन् । 

    एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई बेवास्ता गर्दै एकलौटी निर्णय गरेर अगाडि बढिरहेको बेला नेता रावल माओवादी बैठकमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    नेकपा एकता हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेको माधवकुमार नेपाल पक्ष ओलीविरुद्ध सामूहिक संघर्ष गरिरहेका थिए । तर अब छुट्टाछुट्टै भएका छन् ।

    यसैबीच, शनिबारको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापासहित माओवादीका सांसदलाई तत्काल सरकार छाड्न निर्देशन दिएको छ ।

    बैठकले माओवादी केन्द्रका तर्फबाट सांसद रहेका मन्त्रीहरूलाई २४ घण्टाभित्र सरकार छाड्न निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

    माओवादीका सांसदहरू गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभू साह, श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा सहभागी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend