आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अन्ततः माओवादी छाड्ने तयारी गर्दै प्रचण्ड, यस्तो छ भित्रि रहस्य !

अन्ततः माओवादी छाड्ने तयारी गर्दै प्रचण्ड, यस्तो छ भित्रि रहस्य !

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 20.5K
    SHARES

  • अन्ततः माओवादी छाड्ने तयारी गर्दै प्रचण्ड, यस्तो छ भित्रि रहस्य !

    काठमाडौं – सर्वाेच्च अदालतले नेकपा माओवादी केन्द्र ब्यूताइदिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाध्य भएर माओवादीमा पुगेका छन् । तर उनले माओवादीलाई यसअघि नै छाडेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेका थिए ।

    अदालतले फैसलापछि पुनः माओवादी बनेपनि अध्यक्ष प्रचण्ड अन्ततः माओवादी छाड्ने तयारीमा लागेका छन् । देशमा सशस्त्र आतंक मच्चाएर हजारौं नेपालीको ज्यान लिएको दाग लागेर माओवादी पार्टी छाड्ने तयारीमा प्रचण्ड लागेका हुन् । कुनै बेला माओवादी हुन पाउँदा गौरव ठान्ने प्रचण्ड यतिबेला माओवादी नाम देखेर वाक्क हुने गरेका स्रोतले जनाएको छ ।

    सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि प्रचण्ड माओवादी केन्द्र नामलाई छाडेर कुनै नयाँ नाम राख्ने तयारी गर्दैछन् । पार्टीको नामबाट माओवादी छाडेर कुनै अरु नै राख्ने विषयमा पार्टी बैठकमा समेत छलफल भएको छ ।

    बुधवार भएको स्थायी कमिटी बैठकमा पार्टीको नाम परिवर्तन गर्ने विषयमा छलफल भएको स्थायी कमिटी सदस्य जनार्दन शर्माले जानकारी दिए । तर अध्यक्ष प्रचण्डले उपयुक्त समयमा निर्णय लिने भनेपछि कुनै ठोस निर्णय भने भएन ।

    नेता शर्माले भने, ‘स्थायी कमिटी बैठकमा नाम फेर्नेबारे छलफल भएको छ । पार्टी अध्यक्ष प्रचण्ड नाम फेर्ने विषयमा तयार हुनुभएको छ तर कमिटीमा औपचारिक निर्णय भने भएको छैन ।’

    पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नाम परिवर्तनका लागि विभिन्न नाम प्रस्ताव गरिएको बताएका छन् । ‘पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेकपाका पछाडि कुनै उपयुक्त फुर्को राख्ने प्रस्ताव गरेका छौं,’ उनले भने ।

    पेरिसडाँडामा झुण्ड्याइएको नेकपाको साइन बोर्ड निकाल्ने प्रसङ्गमा स्थायी कमिटी बैठकमा नेता शर्माले ऋषि कट्टेल नेतृत्वको नेकपासँग एकता गरेर नेकपालाई नै निरन्तरता दिने प्रस्ताव गरे पनि कट्टेलले एकता गर्ने सम्भावना नभएकाले अर्कै नाम राख्ने विषयमा छलफल भएको थियो ।

    प्रचण्डले बैठकमा भनेका छन्, ‘सुझाव धेरै आएका छन्, नाम फेर्नुपर्छ तर अहिले हतार भएन, छलफल गर्दै जाउँ, उपयुक्त समयमा उपयुक्त निर्णय लिउँला ।’

    तत्कालीन एमालेसँगको एकता विभाजनमा परिणत भएपछि प्रचण्ड र माधवकुमार नेपालले नेकपा प्रचण्ड–नेपाल पक्षको नेतृत्व गर्दै आएका थिए । तर अदालतको पछिल्लो फैसलाले पूर्व पार्टीहरु ब्युँतिएपछि नेपाल पक्ष एमालेमै क्रियाशील हुने निर्णयका साथ अघि बढेको छ भने अर्को पक्षको नेतृत्व गरिरहेका अध्यक्ष ओली समेत एमाले अध्यक्षकै हैसियतमा क्रियाशील छन् ।

    नेकपा एमालेसँगको एकताको औचित्यलाई पुष्टि गर्न समेत माओवादी केन्द्र नाम फेर्ने निष्कर्षमा पुगेको माओवादी केन्द्रका नेताहरू बताउँछन् । माओवादी छाडेर नाम परिवर्तन गरेमा माधव नेपाल पक्ष आफ्नो पार्टीमा आउनसक्ने प्रचण्डको अनुमान छ । आतंककारी कलंकको टीका लागेको माओवादी नाम कायमै राख्दासम्म अन्य पार्टीका नेताहरू नआउने निष्कर्ष नेताहरूको रहेको छ ।

    माओवादीले शान्तिप्रक्रियामा आएपछि ३ पटक पार्टीको नाम परिवर्तन गरेको छ । शान्तिप्रक्रियापछि नेकपा माओवादी, पूर्व एकता केन्द्र मशालको नारायणकाजी श्रेष्ठसँगको २०६५ सालमा एकतापछि एकीकृत नेकपा माओवादी तथा पछिल्लोपटक विभिन्न साना वामघटकलाई पार्टीमा भित्र्याएपछि नेकपा माओवादी केन्द्रका रुपमा नाम राखिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend