आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतीय दूतावासको सहयोगमा बुढानिलकण्ठ धर्मशालाको पुनर्निर्माण सुरू

भारतीय दूतावासको सहयोगमा बुढानिलकण्ठ धर्मशालाको पुनर्निर्माण सुरू

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २७ २०७७

  • 5.5K
    SHARES

  • भारतीय दूतावासको सहयोगमा बुढानिलकण्ठ धर्मशालाको पुनर्निर्माण सुरू

    काठमाडौं – संघीय राजधानीमा अवस्थित बुढानिलकण्ठ मन्दिरको धर्मशाला पुनर्निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिहीवार संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

    शिलान्यास समारोहमा मन्दिरका मठाधिश स्वामी निगमानन्द, बुढानिलकण्ठ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्का, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिलाल गेलाल, भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयका सचिव टेकनारायण पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल, विश्व हिन्दू महासंघका अध्यक्ष चक्र बन्धु अर्याल लगायत भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारीको उपस्थिति थियो । 

    धर्मशालाको पुनर्निर्माण भारत सरकारको ५.८ अर्ब रुपैयाँ आर्थिक सहयोगमा सञ्चालित २८ वटा सांस्कृतिक सम्पदा संरक्षण तथा पुनःस्थापना परियोजना मध्येको तेस्रो परियोजनाको रूपमा रहेको छ । यी सबै २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको पहिचान नेपाल सरकारले गरेको हो भने यसका लागि गत अगस्ट २०१७ मा भारत सरकार र नेपाल सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय कार्यान्वयन इकाई (भवन) यी परियोजनाहरूको कार्यान्वयन गर्ने निकायको रूपमा रहेको छ । धर्मशालाको निर्माणले मन्दिरमा आउने तीर्थयात्री तथा पर्यटकको भ्रमणलाई सहज बनाउने अपेक्षा दूतावासले गरेको छ ।
     
    ‘भारतले विगतदेखि नै सांस्कृतिक सम्पदा संरक्षण एवं पुनःस्थापनाका लागि नेपालसँग मिलेर काम गर्दै आएको छ । हामीसँग भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने प्रचुर सांस्कृतिक समानता तथा सम्पदा रहेका छन्,’ दूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि गत नोभेम्बर २०१९ मा २.२ करोड रुपैयाँको लागतमा बुढानिलकण्ठ मन्दिरका लागि मठाधिश भवनको निर्माण भएको थियो । सांस्कृतिक सम्पदाको संरक्षण एवं पुनःस्थापनाका लागि नेपाल सरकारसँग हातेमालो गर्न भारत सरकार प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend