काठमाडौं – ताप्लेजुङ जिल्लाको मेरिङ्देन गाउँपालिकास्थित दोभान बजारमा भएको आगलागीका कारण ५७ घरपरिवार क्षतिग्रस्त भएको नमिठो खबरले सबैको मन छियाछिया बनायो ।
आगलागीको चपेटामा परेका परिवारको घाउमा मल्हमपट्टी होस् भन्ने धेयले बिहीवार समाजसेवाको भावले ओतप्रोत नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको पहलमा नेपाली कांग्रेसको सहयोगमा ६ लाख र सुनकोशी गाउँपालिकाको सहयोगमा ७ लाख १२ हजार ५०० गरी कूल १३ लाख १२ हजार ५०० रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
सहयोग रकम नेपाली कांग्रेस केन्द्रीय सदस्य बस्नेत, सुनकोशी गाउँपालिका प्रमुख श्रवणकुमार जिसी, सुनकोशी वडा नम्बर ६ अध्यक्ष रामकुमार थापा लगायतको टीम बिहीवार घटनास्थल पुगेर पीडित परिवारलाई हस्तान्तरण गरेको छ ।
आगलागीको चपेटामा परी कमजोरी आर्थिक अवस्थाको कारणले गर्दा शिक्षाको न्यानो घामबाट वञ्चित हुन नपरोस् भन्ने मनसायले पूर्व मन्त्री बस्नेतले १ जना विद्यार्थीलाई काठमाडौंको निजी विद्यालयमा पठनपाठनको बन्दोबस्त मिलाइदिने घोषणा गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी मनहरूलाई दुःखको घडीमा सदैव जुट्न अपिल र सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।










मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।