काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
ओलीले मंगलबार अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सर्वोच्च अदालतको फैसलासँगै ओली नेतृत्वको सरकार नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकारमा रुपान्तरण भएपछि ओलीले पहिलो पटक बैठक राखेका छन् ।
मन्त्रिपरिषद् बैठकका एजेण्डाबारे कुनै जानकारी नभएको बताउँदै नाम नखुलाउने शर्तमा एक मन्त्रीले सरकारको आगामी रणनीतिबारे छलफल हुनसक्ने जानकारी दिए ।
सर्वोच्च अदालतको फैसलालगत्तै प्रधानमन्त्री ओलीले आफू पक्षीय संसदीय दलको बैठक डाकेर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।