आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतको आर्थिक सहयोगमा चन्द्रागिरीको विष्णुदेवी माविको पुनर्निर्माण सुरू

भारतको आर्थिक सहयोगमा चन्द्रागिरीको विष्णुदेवी माविको पुनर्निर्माण सुरू

  • मिडिया डबली
  • सोमवार, फाल्गुण २४ २०७७

  • 3.0K
    SHARES

  • भारतको आर्थिक सहयोगमा चन्द्रागिरीको विष्णुदेवी माविको पुनर्निर्माण सुरू

    काठमाडौं - चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सोमबार भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास सहकार्य प्रभागका प्रमुख डा. प्रफुल्लचन्द्र शर्मा र चन्द्रागिरी नगरपालिकाका मेयरको उपस्थितिमा भूमि पूजन कार्यक्रम सम्पन्न गरेका छन् ।

    शिक्षाको क्षेत्रमा भारत सरकारले प्रदान गरेको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत निर्माण हुन लागेको यो ६८ औं विद्यालय हो ।

    कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक, भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय सामुदायिक सदस्य तथा विद्यालयका विद्यार्थीको समेत उपस्थिति थियो । 

    ६ करोड ४९ लाख रुपैयाँको लागतमा पुनर्निर्माण हुन लागेको विष्णुदेवी माध्यमिक विद्यालय नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुनेछ । शैक्षिक, प्रशासनिक तथा प्रयोगशाला र पुस्तकालय गरी अब बन्ने नयाँ संरचनामा ३ वटा ब्लकहरु हुनेछन्, जसमा १३ वटा कक्षा कोठा, परीक्षा हल, प्रयोगशाला कक्ष, कम्प्युटर कक्ष, पुस्तकालय, विद्यालय व्यवस्थापन समितिका लागि कक्ष, प्रशासनिक कक्ष र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् ।

    यी विद्यालयको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतको शीर्ष संस्थानको रूपमा परिचित छ ।


    २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका नेपालका ८ जिल्लाका कूल ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गर्न भारत सरकारले ५० मिलियन अमेरिकी डलर (करीब ५.८ अर्ब रुपैयाँ) आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

    निर्माण कार्य सुरू हुन लागेको यो ६८ औं विद्यालय हो र ८ वटा विद्यालयको निर्माण कार्य सम्पन्न भइसकेको छ । काभ्रे जिल्लामा थप २ विद्यालयको पुनर्निर्माणका लागि ठेक्का हस्तान्तरण भइसकेको अवस्था छ र यी विद्यालयको निर्माण कार्य पनि छिट्टै अघि बढ्ने छ । 

    157728949_439530540662862_2726489941065397239_n.jpg

    स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २०० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता पनि गरिसकेको भारतीय दूतावासले जनाएको छ । हालसम्म गोरखा र नुवाकोट जिल्लामा ४७ हजार घरहरू निर्माण भइसकेका छन् र बाँकी घरका निर्माण कार्य अघि बढिरहेको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सम्बन्धित नगरपालिकाका अधिकारीले लाभग्राहीलाई वर्षायाम आउनुअघि नै निर्माण कार्यसम्पन्न गरिसक्न आग्रह गरेका छन् । 

    २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सबलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माण भारतको आर्थिक सहयोगमा भइरहेको छ । यी दुबै क्षेत्रमा निर्माण कार्य सुरू भइसकेको छ । पुनर्निर्माण परियोजना यथाशक्य चाँडै सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा दूतावास एकआपससँग सहकार्य गर्दै काम गरिरहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend