काठमाडौं – सर्वाेच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युतिएपछि संकटमा परेका माधवकुमार नेपाल पक्षले पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट अलग भएर छुट्टै बैठक गरेको छ ।
नयाँबानेश्वरस्थित अर्याल होटलमा माधवकुमार नेपाल पक्षका सांसदले छलफल गरेका छन् ।
सर्वोच्च अदालतले आईतबार फैसला गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएको छ । माधवकुमार नेपाल एमाले भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कटुता बढेपछि प्रचण्डसँग नजिक छन् ।
नेपाल पक्षको भेलामा आगामी रणनीतिका विषय र नेकपा एमालेमा जानेबारे अनौपचारिक छलफल गरेको जनाइएको छ ।
भेलामा माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू र केन्द्रीय कमिटीका केही नेताहरू सहभागी रहेका थिए । प्रचण्ड–नेपाल पक्षले अहिले दिउँसो ३ बजे संयुक्त स्थायी कमिटी बैठक बोलाएको छ ।
संयुक्त स्थायी कमिटी बैठकमा सर्वोच्चको फैसलापछिको राजनीतिक अवस्थाका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
सर्वाेच्च अदालतले आईतबार नेकपा नाम विवाद मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला सुनाउँदै सत्तारुढ नेकपाको एकता बदर गरेको थियो ।
सर्वाेच्चको फैसलाले साविक एमाले र माओवादी अलग–अलग दल रहेको र एकता गर्ने चाहे निर्वाचन आयोगमा प्रक्रिया जानसक्ने आदेश गरेको छ । त्यसपछि ओली पक्षले देशभरका धमाधम जिल्ला कार्यालय पुनर्स्थापना गर्दै नेकपा एमालेको बोर्ड झुण्ड्याइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।