आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अकस्मात प्रचण्ड–नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक

अकस्मात प्रचण्ड–नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक

  • मिडिया डबली
  • सोमवार, फाल्गुण २४ २०७७

  • 4.2K
    SHARES

  • अकस्मात प्रचण्ड–नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक

    काठमाडौं – सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूताएपछि यसबारे छलफल गर्न प्रचण्ड–नेपाल पक्षले स्थायी कमिटी बैठक डाकेको छ ।

    सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि आवश्यक छलफल गर्न प्रचण्ड–नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको हो ।

    प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज सोमबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने जानकारी दिए । 

    प्रचण्ड–नेपाल पक्षले आईतबार कानून व्यवसायीसँग छलफल गरिसकेका छन् । प्रचण्डले सर्वोच्चको फैसला अपेक्षा अनुसार नभएको प्रतिक्रिया दिइसकेका छन् ।

    यसैबीच सर्वाेच्चले संसद पुनःस्थापना गरेपछि हिजो आईतबार बसेको प्रतिनिधिसभा बैठक सौहार्द हुन सकेन । सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड–नेपाल पक्ष, नेपाली कांग्रेस, जसपा सबै असन्तुष्ट बने ।

    सभामुख अग्नि सापकोटाले सरकारले सदनमा पेश गरेका विधेयकहरू कार्यसूचीमा नराखेको र संसदले सरकारलाई असहयोग गरेको गुनासो गर्दै असन्तुष्ट बनेका प्रधानमन्त्री केपी शर्मा ओली हिजो आईतबारको प्रतिनिधिसभा बैठकमा समेत सन्किए । सन्किएका मात्रै होइनन्, उनी संसद पुनःस्थापनापछि बस्ने तयारीमा रहेको बैठक नै नबसी छाडेर हिँडेका थिए ।

    संसद भवन नयाँबानेश्वर पुगिसकेका प्रधानमन्त्री ओली प्रतिनिधिसभा बैठकमा सहभागी नभइकनै आखिर किन बाहिरिए ? संसदका कर्मचारीबीच नै कानेखुसी भयो ।

    प्रधानमन्त्री ओली प्रतिनिधिसभा बैठक आह्वान गरिएको समय अपराह्न ४ बज्नुभन्दा २ मिनेटअघि नै प्रतिनिधिसभा बैठक कक्षमा प्रवेश गरेका थिए । उनी त्यहाँ करीब ४० मिनेट बसे तर बैठक सुरू नै भएन । तोकिएको समयभन्दा ४० मिनेट बढी भइसक्दा समेत बैठक सुरू नभएपछि प्रधानमन्त्री ओली सन्किए र त्यहाँबाट बाहिर निस्किए ।

    ओली पक्षीय संसदीय दलका उपनेता सुवास नेम्वाङले समयमै बैठक सुरू नभएकाले प्रधानमन्त्री ओली बाहिरिएका जानकारी दिए । उनले प्रतिनिधिसभा बैठक समयमा नै सुरू गर्ने परम्परा कायम हुन नसकेकाले पनि आजको अवस्था आएको बताएका छन् । बैठक समयमै सुरू गर्ने जिम्मेवारी सभामुख अग्नि सापकोटामा भएपनि उनको गल्तीका कारण ढिलाइ भयो ।

    नेम्वाङले भने, ‘सर्वोच्च अदालतको आदेश बमोजिम बसेको प्रतिनिधिसभा राष्ट्रपतिले ४ बजे बोलाउनुभएको थियो । पहिलो दिन कुनै पनि कार्यसूची नहुनुपर्नेमा विवाद भयो र लामो समय पर्खिनुपर्ने अवस्था आएकाले उहाँ बाहिरिनुभएको हो ।’ राष्ट्रपतिले ४ बजे भनेर बैठक आह्वान गरेको अवस्थामा ४ बजे नै सुरू हुनुपर्ने तर्क गरिएको छ ।

    संसद अधिवेशनको पहिलो बैठकमा अध्यादेश टेबुल गर्नुपर्ने व्यवस्था रहेको, यसबीचमा मृत्यु भएका सांसदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने परम्परा कायम हुनुपर्नेमा त्यस्तो हुन नसकेको र समयमा बैठक नबसेकाले लामो समय कुरेपछि प्रधानमन्त्री ओली बाहिरिएका उपनेता नेम्वाङले जानकारी दिए ।

    सांसद महेश बस्नेतले सभामुख सापकोटाले निष्पक्ष भूमिका नखेल्ने चाल पाएर प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सहभागी नभई बाहिरिएका बताएका छन् । मन्त्रिपरिषद गठनबारे राष्ट्रपति कार्यालयको पत्र नपढ्ने र अध्यादेश टेबुल नगर्ने सभामुखको मनसाय थाहा पाएर प्रधानमन्त्री बाहिरिएका सांसद बस्नेतले बताए ।

    ‘सभामुखले फरक ढंगले भूमिका खेलेकाले उचित समयमा जवाफ दिन्छु भन्ने उहाँको भनाइ थियो,’ बस्नेतले भने ।

    सभामुखले संशोधनसहित तयार पारेको कार्यसूचीका विषयमा प्रचण्ड–नेपाल पक्ष, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जसपाले विरोध जनाए । दलहरूका कार्यव्यवस्था परामर्श समितिका प्रतिनिधिले राष्ट्रपतिले पठाएको प्रतिनिधिसभा बैठक आह्वानको पत्र पढेर सुनाउन र यस बीचमा मृत्यु भएका सांसदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेर बैठक अन्त्य गर्नुपर्ने अडान राखेका थिए । ओली पक्षका सांसद खगराज अधिकारी र कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले भने मन्त्रिपरिषद् बिस्तारबारे राष्ट्रपति कार्यालयको पत्र र अध्यादेश टेबुल गर्नुपर्ने कानूनी बाटो अपनाउनुपर्ने अडान राखेका थिए ।

    बैठक सुरू नभएका बेला प्रधानमन्त्री ओलीले संसद भवनमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई लगायतसँग छलफल गरेर बाहिरिएका थिए ।

    प्रतिनिधिसभा बैठक बसेपछि मन्त्रिपरिषद्को सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र सभामुखले वाचन गर्न थालेपछि प्रचण्ड–नेपाल पक्षले विरोध गर्‍यो । सांसद भीम रावलले विरोध जनाए । त्यसपछि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश टेबुल गर्न लागेपछि प्रचण्ड–नेपाल पक्षले बैठक बहिष्कार गर्‍यो भने प्रमुख प्रतिपक्षी दल कांग्रेस र जसपाले नाराबाजी नै गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २ २०७७०३:३५:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend