आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संसद बैठकमा भीम रावलले गरे हंगामा, प्रचण्ड–नेपाल पक्षद्वारा बहिष्कार !

संसद बैठकमा भीम रावलले गरे हंगामा, प्रचण्ड–नेपाल पक्षद्वारा बहिष्कार !

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २३ २०७७

  • 9.3K
    SHARES

  • संसद बैठकमा भीम रावलले गरे हंगामा, प्रचण्ड–नेपाल पक्षद्वारा बहिष्कार !

    काठमाडौं – प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको पहिलो बैठक प्रचण्ड–नेपाल पक्षले बहिष्कार गरेको छ ।

    आईतवारको प्रतिनिधिसभा बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरू पेश गर्ने कार्यसूची राखेको विरोधमा बैठक बहिष्कार गरिएको हो ।

    बैठकको सुरूमै प्रचण्ड–नेपाल पक्षका सांसद भीम रावलले प्रतिनिधि सभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएपछि हंगामा सुरू भएको थियो ।

    सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद बैठक सुरू भएकै दिन पेश गर्नुपर्ने कानूनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको प्रस्टीकरण दिएका थिए । तर भीम रावलले आफूहरूको विरोध रहेको जवाफ फर्काए ।

    सभामुख सापकोटाले विरोध रहे पनि संसद बैठक अघि बढाउने बताएपछि प्रचण्ड–नेपाल पक्षका सांसद बैठक बहिष्कार गरेर हलबाट बाहिरिएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend