आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आज सर्वाेच्च अदालतबाट नेकपा विवादको फैसला

आज सर्वाेच्च अदालतबाट नेकपा विवादको फैसला

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २३ २०७७

  • 4.3K
    SHARES

  • आज सर्वाेच्च अदालतबाट नेकपा विवादको फैसला

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग जोडिएको पार्टीको नाम विवादबारे आज आईतबार सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ ।

    यसअघि फागुन २० गते बिहीबार फैसला सुनाउने मिति तय भए पनि त्यस दिन बिदा परेका कारण फैसला आएको थिएन ।

    त्यसपछि अदालतले आज आईतबार फैसला सुनाउने गरी मिति तोकेको छ । सत्तारुढ नेकपालाई निर्वाचन आयोगले दिएको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नामविरुद्ध ऋषिराम कट्टेल सर्वोच्च अदालत पुगेका थिए । 

    कट्टेलले निर्वाचन आयोगमा पहिले नै दर्ता भएको आफ्नो पार्टीको नाम अरुलाई दिएको आरोप लगाएका छन् । करीब ३ वर्षमा दुबै पक्षको बहस सुनेर फैसला सुनाउने अवस्थामा पुगेको छ ।

    गत फागुन १३ गते बिहीबार न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले अन्तिम सुनुवाइ गर्दै  फागुन २० गते बिहीबार निर्णय सुनाउने मिति तोकेको थियो तर बिहीबार पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा अदालतमा बिदा गरिएपछि फैसला आज आईतबार सुनाइने भएको छ ।

    फागुन २३ गते नै अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयपछि सत्तारूढ नेकपामा समेत आधिकारिकता विवाद रहेको छ ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्ष र प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आफू नै आधिकारिक नेकपा रहेको दाबी गर्दै आएका छन् । यसबारे निर्वाचन आयोगले निर्णय गर्न सकेको छैन । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend