आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बुटवलको विद्यालय भवन बनाउन भारतले गर्‍यो ४.४१४ करोड सहयोग

बुटवलको विद्यालय भवन बनाउन भारतले गर्‍यो ४.४१४ करोड सहयोग

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २० २०७७

  • 5.0K
    SHARES

  • बुटवलको विद्यालय भवन बनाउन भारतले गर्‍यो ४.४१४ करोड सहयोग

    रुपन्देही - जिल्लाको बुटवल उपमहानगरपालिका–११ नहरपुरस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुटवल उपमहानगरपालिकाबीच बिहीवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’ अनुरूप ‘नेपाल–भारत मैत्री विकास साझेदारी’ अन्तर्गत ४.४१७ करोडको लागतमा नयाँ भवनको निर्माण हुनेछ । 

    सन् १९७१ मा स्थापना भएको नहरपुर माध्यमिक विद्यालय राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध छ । विद्यालयले १२ कक्षाको शिक्षा तथा व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गर्दै आएको छ । हाल विद्यालयमा अध्ययन गरिरहेका कूल १ हजार १२७ विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा रहेका छन् ।

    सन् २००३ यता भारतले स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभीटी, सरसफाई र सार्वजनिक उपयोगिताका क्षेत्रमा सबिकको ‘साना विकास परियोजना’ र अहिलेको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’ अन्तर्गत नेपालको सातै वटा प्रदेशमा ४४६ वटा परियोजना सम्पन्न गरिसकेको भारतीय राजदूतावासले जनाएको छ ।

    तीमध्ये रुपन्देही जिल्लामा मात्रै १० गरी लुम्बिनी प्रदेशमा ४१ वटा रहेका छन् भने सोही प्रदेशमा अन्य ९ वटा परियोजनाहरू विभिन्न चरणमा रहेका छन् । 

    भारतले ५८०० मिलियन पुनर्निर्माण अनुदानमा २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका ८ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गरिरहेको छ । यस पुनर्निर्माण कार्यक्रम अन्तर्गत ८ वटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने ६२ वटा विद्यालयको काम अघि बढिरहेको छ ।

    त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय परियोजनाका लागि पनि टेन्डर प्रक्रिया अघि बढिरहेको छ ।

    निकटको छिमेकी भएको नाताले भारत र नेपालबीच विशिष्ट मित्रता र सहकार्य रहिआएको छ । बिहीवार दुबै पक्षबीच भएको सम्झौताले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासमा हातेमालो गर्ने भारत सरकारको अटूट प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend