काठमाडौं – पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आईतबार मध्यराति काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा नेताहरूको गाडीमाथि तोडफोड भएको जनाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले मार्चण्ड (माधवकुमार नेपाल, प्रचण्ड) समूहले तोडफोड गरेको आरोप लगाएका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘संगठन विस्तारको क्रममा चौरीदेउराली पुगेको नेताहरूको गाडीमा भर्खरै मार्चण्ड समूहले तोडफोड गरेको छ । बाईकमा चढेर आएकाहरुले छापामार शैलीमा बास बसेको घरमा आक्रमण गर्ने जंगली हर्कत गर्दैछन् । जनमत कटेपछि गरिने यस्तो हर्कत सफल हुने छैन । आक्रमणकारीहरू कानूनी दायराबाट भाग्न सक्ने छैनन् ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।