आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भूकम्पले भत्केका स्कूल भवन भारतको करोडौं सहयोगमा बन्दै, कान्ति भैरवमा भूमि पूजन

भूकम्पले भत्केका स्कूल भवन भारतको करोडौं सहयोगमा बन्दै, कान्ति भैरवमा भूमि पूजन

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण ६ २०७७

  • 6.8K
    SHARES

  • भूकम्पले भत्केका स्कूल भवन भारतको करोडौं सहयोगमा बन्दै, कान्ति भैरवमा भूमि पूजन

    काठमाडौं – भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी. खम्पा तथा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले काठमाडौंको कागेश्वरी नगरपालिकास्थित कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण कार्यका लागि आयोजित भूमि पूजन कार्यक्रममा सहभागिता जनाएका छन् ।

    समारोहमा कागेश्वरी नगरपालिकाका मेयर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव तथा कान्ति भैरव विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । 

    शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा तथा आवास क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारत सरकारले कूल २५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । शिक्षा क्षेत्रका लागि भारतको ५० मिलियन अमेरिकी डलर प्रतिबद्घता रहेको छ । 

    सहयोग अन्तर्गत नेपालका ८ जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण भइरहेको छ ।

    गोरखा र नुवाकोट जिल्लामा ८ वटा विद्यालयको निर्माण कार्य सम्पन्न भइसकेको छ भने ५६ वटा विद्यालयहरू निर्माणाधीन अवस्थामा छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको पुनर्निर्माणका लागि बोलपत्र आह्वान सम्बन्धी कार्य पनि अघि बढाइएको छ । 

    २६.६ करोड नेपाली रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको कान्ति भैरव माध्यमिक विद्यालय नेपाल सरकारले तोकेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरूप निर्माण हुनेछ । नवनिर्मित ३ तले भवनमा ३० वटा कक्षा कोठा, पुस्तकालय र प्रयोगशाला/अभ्यास कक्षका साथै छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना तथा फर्निचरको व्यवस्था हुनेछ ।

    यी विद्यालयको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ । 

    कार्यक्रममा ५१.८ करोड रुपैयाँको लागतमा ६ वटा माध्यमिक विद्यालयको निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बीच एक सम्झौता पत्रमा हस्ताक्षर भयो । ६ वटा विद्यालयमध्ये कान्ति भैरव माध्यमिक विद्यालय, चम्पादेवी माध्यमिक विद्यालय, धापासी माध्यमिक विद्यालय, विष्णुदेवी माध्यमिक विद्यालय गरी ४ वटा विद्यालयहरू काठमाडौं जिल्लामा पर्दछन् भने बाँकी २ वटा सिद्घेश्वर माध्यमिक विद्यालय र हरिसिद्घि माध्यमिक विद्यालय काभ्रे जिल्लामा पर्दछन् । 

    151273407_424204531971697_9187949389947825938_n.jpg

    कार्यक्रममा बोल्दै नियोग उपप्रमुख नामग्य सी. खम्पाले भारत र नेपालबीचको बलियो र सशक्त विकास साझेदारी यस परियोजना शुभारम्भ कार्यक्रमले चरितार्थ गरेको बताइन् ।

    नेपालमा भूकम्पपश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक–आर्थिक विकासमा नेपाल सरकार तथा यसका निकायहरुसँग हातेमालो गर्दै २ देशबीचको सहकार्यलाई अघि बढाउन भारत सदैव प्रतिबद्घ रहेको जानकारी नियोग उपप्रमुखले गराइन् ।151644285_2976778225890705_3644275009655545950_n.jpg151348915_880111319455877_3009721665489635237_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend