आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

१७ हजार नेपालीको ज्यान लिने हिंसात्मक विद्रोह कालो पर्व हो : कमल थापा

१७ हजार नेपालीको ज्यान लिने हिंसात्मक विद्रोह कालो पर्व हो : कमल थापा

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १ २०७७

  • 5.6K
    SHARES

  • १७ हजार नेपालीको ज्यान लिने हिंसात्मक विद्रोह कालो पर्व हो : कमल थापा

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले फागुन १ गतेलाई तीतो सम्झनाका रूपमा प्रस्तुत गरेका छन् ।

    तत्कालीन नेकपा माओवादीका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा भएको हिंसात्मक विद्रोहलाई अध्यक्ष थापाले कालो पर्वको संज्ञा दिएका छन् ।

    अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्, ‘फागुन १ को तीतो सम्झना ! बहुदलीय प्रजातन्त्र, संसदीय व्यवस्था, संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रका विरुद्धमा भएको हिंसात्मक विद्रोहका कारण १७ हजार नेपालीको ज्यान गयो, अर्बौंको आर्थिक नोक्सानी भयो । देश र जनताले दुःख पाए । त्यो निरर्थक हिंसात्मक कार्य नेपालको इतिहासमा कालो पर्वका रूपमा रहने छ ।’

    तत्कालीन माओवादीहरू र हाल एमालेसमेत मिसिएर हिंसात्मक विद्रोहलाई महान् संज्ञा दिँदै विभिन्न कार्यक्रम गरेर मनाउने गरेका छन् । त्यो विद्रोहमा ज्यान गुमाएका परिवार, एकल महिला र टुहुरा बालबालिकाको भने विचल्ली भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend