आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्ड र बाबुुराम एकै ठाउँमा !

प्रचण्ड र बाबुुराम एकै ठाउँमा !

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १ २०७७

  • 4.2K
    SHARES

  • प्रचण्ड र बाबुुराम एकै ठाउँमा !

    काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुुराम भट्टराई एकै ठाउँमा सहभागी भएका छन् ।

    शनिवार पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरूको कथा’ विमोचन कार्यक्रममा प्रचण्ड उनीसँगै एकै ठाउँमा सहभागी भएका हुन् ।

    कार्यक्रममा प्रचण्डले डा. बाबुराम भट्टराई र आफूलाई इतिहासले अलग हुन नदिने बताएका छन् ।

    ‘अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौं । तर मुद्दाको हिसाबले हामी फेरि एउटै मोर्चामा छौं,’ उनले भने ।

    इतिहासको आफ्नो कर्मको कारणले आफूहरूलाई अलग हुन नदिने बताउँदै प्रचण्डले भने, ‘इतिहासको आफ्नो कर्मको कारणले हामी अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो हाम्रा आफ्ना कर्मले हामीलाई नजिक ल्याई नै राख्छ । हामीलाई अलग हुन दिँदैन ।’

    ‘ती हजारौं शहीदले हामीलाई अलग हुन दिँदैनन् । हजारौं घाइते र अपाङ्गले हामीलाई अलग हुन दिन्नन् । ती हजारौं बेपत्ता हाम्रा योद्धाहरूले पनि हामीलाई अलग हुन दिन्नन्,’ उनले भने ।

    ‘गुमनाम आमाहरूको कथाभित्र रहेका रचनालाई सरसर्ती नियाल्दा हिजोका सबै स्मरणहरू, अनुभव, अनुभूतिहरू ताजा भएर आएको महसूस गरेको छु,’ प्रचण्डले भनेका छन् ।

    जनयुद्ध दिवसको अवसर पारेर शनिवार बालुवाटार पार्टी प्यालेसमा एक समारोहबीच भट्टराईद्वारा लिखित पुस्तकको विमोचन गरिएको छ । समारोहमा प्रचण्डसँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपाका वरिष्ठ नेता अशोक राई र लेखक/विश्लेषक तुलानारायण शाह लगायतको सहभागिता रहको थियो ।

    फाइन प्रिन्टद्वारा प्रकाशित पुस्तकमा भट्टराईले जनयुद्धकालीन प्रसंगहरूलाई समेटेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend