आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

काठमाडौंमा ३ सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतले गर्‍यो १ अर्ब ४२ करोड सहयोग

काठमाडौंमा ३ सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतले गर्‍यो १ अर्ब ४२ करोड सहयोग

  • मिडिया डबली
  • बिहिवार, माघ २९ २०७७

  • 5.7K
    SHARES

  • काठमाडौंमा ३ सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतले गर्‍यो १ अर्ब ४२ करोड सहयोग

    काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा ३ वटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माणका लागि भारतले १ अर्ब ४२ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

    सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बुढानीलकण्ठमा धर्मशालाको निर्माण तथा कुमारी छें र कुमारी निवासको संरक्षण र विकास हेतु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक तथा ठेकेदारहरूले बिहीवार ३ वटा ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    भारतीय राजदूतावासको विकास साझेदारी एवं पुनर्निर्माण विभागका प्रमुख, परियोजना परामर्शदाता आईएनटीएसीएच, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारी तथा अन्य साझेदारको उपस्थितिमा हस्ताक्षर सम्पन्न भएको हो ।
     
    ललितपुरका मेयर, बुढानीलकण्ठ मन्दिरका मठाधीश, काठमाडौं वडा नम्बर नम्बर २५ का वडाध्यक्ष, परियोजना क्षेत्रका उपभोक्ता समितिका प्रतिनिधिले पनि सम्झौता हस्ताक्षर समारोहमा उपस्थिति जनाएका थिए ।

    भूकम्पपछिको संरक्षण तथा पुनर्निर्माणका लागि भारत सरकारले नेपाल सरकारसँग गरेको सम्झौता अनुरूप निर्माण भइरहेका सांस्कृतिक सम्पदाभित्रकै यी ३ परियोजना हुन् । नेपालका ८ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निमार्णका लागि भारत सरकारले प्रतिबद्घता गरेको ५० मिलियन अमेरिकी डलर  अनुदान रकम प्रयोग गरी परियोजनाहरू कार्यान्वयन अवस्थामा छन् ।  

    सेतो मच्छिन्द्रनाथ  मन्दिर एक महत्त्वपूर्ण जीवित सम्पदा हो, जुन काठमाडौंको जनबहालमा अवस्थित छ । काठमाडौं उपत्यकालाई रक्षा गर्ने प्रमुख मन्दिरहरूमध्येकै एक सेतो मच्छिन्द्रनाथ मन्दिरलाई हिन्दू र बौद्घ दुबै धर्मावलम्बीले पूजा आराधना गर्दछन् । करीब ६२.६ करोड रुपैयाँको लागतमा मन्दिरको जीर्णोद्धार र सबलीकरण गरिने छ ।

    रत्नाकर महाविहारभित्र अवस्थित कुमारी छें पाटनकी जीवित देवीको ऐतिहासिक घर हो । कुमारी छें नेवार बौद्व समुदायको संस्कृति र परम्पराको केन्द्र हो र जीवित देवीसँग सम्बन्धित रीतिरिवाजहरूमा कुमारी निवासको महत्त्वपूर्ण सम्बन्ध छ । 

    कुमारी छें र कुमारी निवासको संरक्षण एवं विकासका लागि करीब ४५.६ करोड रुपैयाँ लाग्नेछ । २ जीवित सांस्कृतिक सम्पदाको गौरवगाथा एवं परम्पराको जगेर्ना गर्दै सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी छें र कुमारी निवासको संरक्षण नेपालको प्राचीन स्मारक संरक्षण ऐन अनुसार संरक्षण गरिने छ ।

    यी परियोजनाको निर्माण तथा संरक्षण एवं सबलीकरण कार्य निरीक्षणका लागि ऐतिहासिक कला र संस्कृति सम्बन्धी भारतीय राष्ट्रिय ट्रस्ट (आईएनटीएसीएच) लाई परियोजना व्यवस्थापन परामर्शदाताको रूपमा चयन  गरिएको छ  ।

    यी परियोजनाहरूको निर्माणमा आईएनटीएसीएचले नेपाल सरकारका अधिकारीसँग मिलेर काम गर्नेछ । स्थानीय रूपमा नारायणथानको नामले परिचित बुढानीलकण्ठ मन्दिर भित्रकै परिसरमा धर्मशाला अवस्थित छ । 

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) परियोजनाको कार्यान्वयन निकाय हो । करीब ३३.४ करोड रुपैयाँको लागतमा धर्मशालाको निर्माण गरिने छ । पवित्र मन्दिरमा आउने पर्यटक तथा तीर्थयात्रीका लागि धर्मशालाले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    यसअघि सन् २०१९ नोभेम्बरमा भारतले बुढानीलकण्ठ मन्दिरका लागि करीब २.१८ करोड रुपैयाँमा मठाधीशको निर्माण गरेको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend