आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्ड–नेपालको रमिता चलिरहँदा हतियारसहित सेनाको गाडी आएपछि भागाभाग !

प्रचण्ड–नेपालको रमिता चलिरहँदा हतियारसहित सेनाको गाडी आएपछि भागाभाग !

  • मिडिया डबली
  • बिहिवार, माघ २२ २०७७

  • 18.3K
    SHARES

  • प्रचण्ड–नेपालको रमिता चलिरहँदा हतियारसहित सेनाको गाडी आएपछि भागाभाग !

    काठमाडौं – कम्युनिस्टहरू आपसमै विवाद गरेर बन्दहड्ताल गर्दै जनतालाई दुःख दिइरहेका छन् । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवाद परेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज बिहीबार देशभर आमहड्ताल गर्‍यो ।

    नेकपा प्रचण्ड–नेपाल पक्षले आमहड्ताल गरेर रमिता गरिरहेको बेला धनगढीमा रोचक दृश्य देखियो । कम्युनिस्टहरूको विरोध प्रदर्शन चलिरहेका बेला नेपाली सेनाको हातहतियार सहितको बख्तरबन्द गाडी पुगेपछि भागाभाग भएको छ ।

    नेकपा ओली पक्षले पनि आमहड्तालविरुद्ध धनगढीमा प्रदर्शन गरिरहेका बेला सेनाको बख्तरबन्द गाडी गुडेपछि प्रदर्शनकारीहरू तितरवितर भएका हुन् ।

    नेपाली सेनाको जंगीअड्डाका सहायक प्रवक्ता पदम बुढाले बख्तरबन्द गाडीको नियमित अभ्यास चलिरहेको र आमहड्तालका बेला धनगढीमा आइपुग्नु संयोग मात्रै भएको बताएका छन् ।

    सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार माघ १९ र २१ गते सेनाले बख्तरबन्द गाडीको नियमित अभ्यास गरेको छ ।

    अभ्यास अन्तर्गत नेपालगञ्जबाट फर्किएको बख्तरबन्द गाडी र प्रदर्शनकारीबीच धनगढीमा जम्काभेट भएको थियो । आज बिहीबार सेनाको नियमित अभ्यास सकिएको हो ।

    प्रचण्ड–नेपाल पक्षले ओली सरकारविरुद्ध आज देशव्यापी आमहड्ताल गरेको छ । आमहड्तालमा कतिपय गाडीमा आगजनी, तोडफोड समेत भएको छ ।

    संवैधानिक परिषद्मा प्रक्रिया विपरीत नियुक्ति गरिएको विरोधमा प्रचण्ड नेकपाले बिहीबार आकस्मिक रूपमा आमहड्ताल घोषणा गरेको थियो । सर्वसाधारणले प्रचण्ड नेकपाको आमहड्तालको विरोध गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend