आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावलले कमाण्ड गरेको क्षेत्रमा डरलाग्दो अप्रिय घटना ! कसले लिन्छ जिम्मा ?

भीम रावलले कमाण्ड गरेको क्षेत्रमा डरलाग्दो अप्रिय घटना ! कसले लिन्छ जिम्मा ?

  • मिडिया डबली
  • बिहिवार, माघ २२ २०७७

  • 110.0K
    SHARES

  • भीम रावलले कमाण्ड गरेको क्षेत्रमा डरलाग्दो अप्रिय घटना ! कसले लिन्छ जिम्मा ?

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बिहीबारका लागि आह्वान गरेको आमहड्ताल सफल पार्न काठमाडौं उपत्यकामा स्थायी कमिटीका सदस्यहरुलाई कमाण्डर तोकेको कार्यक्षेत्र विभाजन गर्‍यो ।

    जसअन्तर्गत काठमाडौंको गोंगबु क्षेत्रमा स्थायी कमिटी सदस्य भीम रावललाई जिम्मेवारी तोकिएको छ । सो क्षेत्रको आन्दोलन परिचालनको काम रावलको हो तर त्यहाँ बिहानै डरलाग्दो अप्रिय घटना भएको छ ।

    नेकपा प्रचण्ड–नेपाल पक्षले कलंकी चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल, सातदोबाटोमा देव गुरुङ, पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लिलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायण गोपालचोक महाराजगञ्जमा शक्ति बस्नेत, गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मालाई कमान्डर तोकिएर खटाएको छ ।

    भीम रावलले नेतृत्व गरेको कमाण्ड क्षेत्र काठमाडौंको गोंगबुमा कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको छ । ट्याक्सी चलाएरै गुजारा गर्ने श्रेष्ठको ट्याक्सी जलाएर स्वाहा बनाइएपछि उनी संकटमा परेका छन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले २ जना अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको जानकारी दिएका छन् ।

    कालो ज्याकेट लगाएर आएका २ जनाले ट्याक्सीमा आगजनी गरेर भागेका र ट्याक्सीमा पूर्णरूपमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुबै जनाको खोजी कार्य भइरहेको छ । ट्याक्सीमा भएको क्षतिको जिम्मा कसले लिने भन्ने समेत कुनै ग्यारेन्टी छैन ।

    सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायमा नियुक्ति गरेको आरोप लगाउँदै प्रचण्ड–नेपाल पक्षले विरोध गर्दै बिहीबार देशव्यापी आमहड्ताल गरेको छ । 

    प्रहरीले आमहड्ताल गराउँदै हिँडेका प्रचण्ड–नेपाल पक्षका कार्यकर्तालाई पक्राउ समेत गरिरहेको छ । प्रहरीले राजधानी काठमाडौंमा कडा सुरक्षा ‘एक्सन’ लिँदै बिहानैदेखि प्रचण्डका कार्यकर्तालाई पक्राउ गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।

    यसअघि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले देशभर सर्कुलर गर्दै बन्द असफल पार्न निर्देशन दिएको थियो । गृह मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै सबै क्षेत्र खुला राख्न आग्रह गरेको थियो । विज्ञप्तिमा बन्द गराउन दबाब दिनेलाई कारवाही गर्ने चेतावनी समेत दिइएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend