आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डको आमहड्तालले गृह मन्त्रालयमा बादलको आकस्मिक बैठक, देशभर यस्तो सर्कुलर !

प्रचण्डको आमहड्तालले गृह मन्त्रालयमा बादलको आकस्मिक बैठक, देशभर यस्तो सर्कुलर !

  • मिडिया डबली
  • बुधवार, माघ २१ २०७७

  • 28.6K
    SHARES

  • प्रचण्डको आमहड्तालले गृह मन्त्रालयमा बादलको आकस्मिक बैठक, देशभर यस्तो सर्कुलर !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले भोलि बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरक्षा निकायसँग आकस्मिक बैठक गरेका छन् ।

       
    पर्सी शुक्रवार राजधानी काठमाडौंमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको शक्ति प्रदर्शनमा सहभागी हुन  आउनेहरूलाई जसरी पनि ल्याउन गृहमन्त्री बादलले प्रहरीलाई निर्देशन दिएका छन् ।

    प्रचण्डको आमहड्ताल घोषणापछि मन्त्री बादलले बुधवार मन्त्रालयमा सुरक्षा निकायका प्रतिनिधिसँग आकस्मिक बैठक गरेका थिए । बैठकमा गृहमन्त्री बादलले आफ्नो पक्षको प्रदर्शनलाई सहजीकरण गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । ओली पक्षले शुक्रवार काठमाडौंको नारायणहिटीअगाडि शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।

    प्रचण्ड–नेपाल पक्षले बिहीवार आमहड्ताल घोषणा गरेपछि आमहड्तालका कारण ओली पक्षको कार्यक्रम प्रभावित हुन नदिन गृहमन्त्री बादलले प्रहरीलाई निर्देशन दिएका छन् ।

    शक्ति प्रदर्शन गर्न उपत्यका बाहिरबाट ठूलो संख्यामा कार्यकर्ता ल्याउने तयारी रहेको र त्यसमा अवरोध हुन नपाउने गरी सहजीकरण गर्न मन्त्री बादलले निर्देशन दिएका छन् ।

    माघ २३ गतेको जनसभालाई ओली पक्षले प्रतिष्ठाको रूपमा हेरेको छ । प्रधानमन्त्री ओलीले नै शक्ति प्रदर्शन कस्तो हुन्छ भनेर २३ गते देखाइदिने बताउँदै आएका छन् । तर ओलीकै कार्यक्रमलाई प्रभावित पार्न भोलि आमहड्ताल गरिएको विश्लेषण समेत हुने गरेको छ ।

    गृहमन्त्री बादलले बुधवार साँझदेखि नै उपत्यका बाहिरबाट बसहरू आउन थाल्ने र शुक्रवार बिहानसम्म कार्यकर्ता काठमाडौं आउने जानकारी प्रहरीलाई दिएका छन् ।

    मन्त्री बादलले आफ्ना कार्यकर्ता ल्याउन अवरोध भए एक ठाउँमा जम्मा गरेर एकैसाथ स्कर्टिङ गरेर भए पनि कार्यकर्ता ल्याउन दिर्नेशन दिएका छन् ।

    बादलको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले आमहड्ताललाई लक्षित गरी आ–आफ्नो क्षेत्रमा सुरक्षा योजना बनाएर कडाइका साथ कार्यन्वयनमा लाग्न देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । बुधवार आकस्मिक रुपमा बसेको बैठकले देशभर आफ्नो क्षेत्रमा आवश्यक समन्वय गर्न र सुरक्षा व्यवस्था कायम गर्न निर्देशन दिइएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए ।

    ‘राजनीतिक दलहरूको कार्यक्रममा कुनै रोकतोक हुँदैन तर नागरिकका मौलिक हकलाई असर गर्न भएन । कानूनले बन्देज गरेका कुनै पनि गतिविधि भए प्रहरीले कारबाहीको दायरामा ल्याउँछ । त्यही अनुसार सर्कुलर गरिएको छ,’ उनले भने ।

    राजधानी काठमाडौंको महानगरीय प्रहरी कार्यालसहित सबै जिल्लामा कुनै पनि किसिमको हिंसात्मक गतिविधिहरू, अप्रिय घटना, झडप र गैरकानूनी क्रियाकलाप नहुने गरी सुरक्षा व्यवस्था अपनाउन निर्देशन दिइसकेको एसएसपी कुँवरले बताएका छन् ।

    नागरिकको आवतजावत र पेशा व्यवसाय गर्ने अधिकारलाई सुरक्षित गर्ने प्रहरीको योजना रहेको कुँवरले बताए । प्रहरीले बुधवारदेखि नै सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिसकेको छ । देशभर सादा पोशाकका प्रहरी समेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:०५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend