काठमाडौं – पूर्व मन्त्री गोकुल बाँस्कोटाको गृहजिल्ला काभ्रेमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आगो दन्किएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज बुधवार साँझ काभ्रेको बनेपामा आगो दन्काउँदै मसाल जुलुस निकालेको छ ।
भोलि बिहीबारका लागि घोषित आमहड्तालको पूर्वसन्ध्यामा केन्द्रीय कार्यक्रम अनुसार मसाल जुलुस निकालिएको छ ।
मसाल जुलुसमा नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाईं, सचिव टोकबहादुर वाइवा, बागमती प्रदेश सांसद लक्ष्यमण लम्साल, विद्यार्थी नेता दिपक गौतम, युवा संघ केन्द्रीय सदस्य भेषराज शाह लगायतको उपस्थिति रहेको थियो ।
प्रचण्ड–नेपाल पक्षका नेता र कार्यकर्ताको उपस्थितिमा बनेपाको चाँदनी चोकबाट चारदोबाटोसम्म मसाल जुलुस निकालिएको हो ।
मसाल जुलुसमा माघ २२ गतेको आमहड्ताल सफल पारौं, केपी ओली मुर्दावाद लगायत नारा लगाइएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरेपछि प्रचण्ड–नेपाल पक्षले सरकारविरुद्ध लगातार आन्दोलन गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।