आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शंकर पोखरेलले ज्वाइँलाई नियुक्ति दिएपछि नेकपाभित्रै खैलाबैला, ‘देख्यौ त गणतन्त्र कसलाई आएको रहेछ ?’

शंकर पोखरेलले ज्वाइँलाई नियुक्ति दिएपछि नेकपाभित्रै खैलाबैला, ‘देख्यौ त गणतन्त्र कसलाई आएको रहेछ ?’

  • मिडिया डबली
  • मंगलवार, माघ २० २०७७

  • 12.8K
    SHARES

  • शंकर पोखरेलले ज्वाइँलाई नियुक्ति दिएपछि नेकपाभित्रै खैलाबैला, ‘देख्यौ त गणतन्त्र कसलाई आएको रहेछ ?’

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ज्वाइँ शिवकुमार आचार्य भूमि सम्बन्धी समस्या समाधान आयोग दाङ जिल्लाको अध्यक्षमा नियुक्त भएका छन् ।

    आयोगको अध्यक्ष पदलाई यतिबेला ओली नेकपाभित्रै आकर्षक पदका रूपमा मानिएको छ । आकर्षक पदमा मुख्यमन्त्री पोखरेलले ज्वाइँलाई नियुक्ति दिएर अरुलाई अवसरबाट वञ्चित गराएपछि नेकपाभित्रै खैलाबैला मच्चिएको छ ।

    सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । देशव्यापीरूपमा गठन गर्नेक्रममा दाङमा आचार्यको नेतृत्वमा ३ सदस्यीय समिति नियुक्त गरिएको छ । समितिको विज्ञ सदस्यमा रेवन्त चौधरी र सदस्यमा हेमराज पुन नियुक्त भएका छन् ।

    मुख्यमन्त्री पोखरेलकी पत्नी सुजिता शाक्य जनजाति कोटाबाट समानुपातिक सांसद छिन् । प्रधानमन्त्री केपी ओलीनिकट नेता पोखरेलले आफ्नै बहिनी मेनका पोखरेललाई विभाजित नेकपा ओली समूहको केन्द्रीय सदस्य समेत बनाएका छन् भने दाई देवी पोखरेललाई विभाजित हुनुभन्दा अगाडि नेकपा घोराही उपमहानगरको इन्चार्ज बनाएका थिए ।

    तत्कालीन नेकपा एमाले दाङका अध्यक्ष हाल प्रचण्ड–नेपाल पक्षमा रहेका जोगबहादुर रानाले मुख्यमन्त्री पोखरेलमाथि कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘देख्यौ त ताकÞत ? आफू मुख्यमन्त्री, श्रीमती सांसद्, दाइ उपमहानगरको अध्यक्ष, बहिनीलाई हालै नेकपाको केन्द्रीय सदस्य, ज्वाइँलाई भूमि तथा सुकुम्बासी दाङको अध्यक्ष ! गणतन्त्र कसलाई आएको रहेछ ?’

    भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा माघ १५ गतेको मन्त्रिपरिषद् बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको छ । ७७ जिल्ला अध्यक्ष र २ सदस्य गरी ७७ जिल्लामा २३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको छ ।

    भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष देवी ज्ञवाली छन् । आयोगका जिल्ला पदाधिकारीको शपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने कार्यक्रम रहेको छ ।

    आयोगका पदाधिकारीको नियुक्तिको सूचना सोमबार राजपत्रमा प्रकाशित भएको छ । आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्वितीय श्रेणी उपसचिव सरहको सेवासुविधा पाउने आयोगले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend