आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

योगेश भट्टराईले पुलिसलाई दिए यस्तो धम्की

योगेश भट्टराईले पुलिसलाई दिए यस्तो धम्की

  • मिडिया डबली
  • सोमवार, माघ १९ २०७७

  • 6.5K
    SHARES

  • योगेश भट्टराईले पुलिसलाई दिए यस्तो धम्की

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले अनेरास्ववियूका नेता प्रसुन कार्कीलाई प्रहरीले कुटपिट गरेको घटनाको भर्त्सना गरेको छ ।

    केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेशकुमार भट्टराईले सोमवार प्रेस नोट जारी गर्दै नेता कार्कीमाथि भएको घटनाको निन्दा गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक र प्रतिगामी कदमविरुद्ध आयोजित शान्तिपूर्ण कार्यक्रममा सहभागी नेता कार्कीलाई प्रहरीले पक्राउ गरी कुटपिट गरेको प्रवक्ता भट्टराईको दाबी रहेको छ ।

    नेता भट्टराईका अनुसार प्रहरीको कुटाइबाट कार्कीको आँखा र अनुहारमा गहिरो चोट लागेको छ । ‘यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कारवाही गर्न माग गर्दछौं । आन्दोलनकारीहरूमाथि कारबाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीबारे पार्टीको संघर्ष समितिले नोटिसमा राख्ने जानकारी समेत गराउँछौं,’ प्रेस नोटमा उल्लेख गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend