आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालले यति ठूलो षड्यन्त्रको खुलासा गरेपछि नेकपा बैठकमा सन्नाटा, प्रचण्ड के गर्छन् ?

माधव नेपालले यति ठूलो षड्यन्त्रको खुलासा गरेपछि नेकपा बैठकमा सन्नाटा, प्रचण्ड के गर्छन् ?

  • मिडिया डबली
  • सोमवार, माघ १९ २०७७

  • 32.9K
    SHARES

  • माधव नेपालले यति ठूलो षड्यन्त्रको खुलासा गरेपछि नेकपा बैठकमा सन्नाटा, प्रचण्ड के गर्छन् ?

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिह्न फ्रीज गराउने षड्यन्त्र भइरहेको बताएका छन् ।

    सोमवार आयोजित आफूपक्षीय केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिह्न फ्रीज गराउने षड्यन्त्र भइरहेको खुलासा गरेपछि एकछिन सन्नाटा छाएको थियो ।

    निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरु उठाउन खोज्नुले षड्यन्त्र भइराखेको अनुभूति भएको नेपालले बताए ।

    केन्द्रीय कमिटीमा एकचौथाइ सदस्य समेत नरहेको केपी ओली पक्षको आधिकारिकता हुनै नसक्ने दाबी गर्दै गर्दै उनले आफूहरु नै आधिकारिक भएको दाबी गरेका छन् ।

    ‘निर्वाचन आयोगले यसबीचमा हामीलाई पत्र पठाएको छ र त्यो पत्रमा उसले आधिकारिकताका सवालहरु उठाउन खोजेको देखिन्छ । प्रष्ट के छ भने पार्टीको आधिकारिकता कोसँग रहन्छ ? केपी ओली जोसँग एकचौथाइ केन्द्रीय सदस्य पनि छैनन्, त्योसँग पार्टीको आधिकारिकता हुन सक्दछ ? दावा गर्न मिल्छ ? त्यसो हुनाले सबै सवालबारे हामीले समुचित जवाफ दिनुपर्ने आवश्यकता छ,’ अध्यक्ष नेपालले भने, ‘हरेक षड्यन्त्र भइरहेका छन् कि पार्टीको आधिकारिकता कसैलाई पनि नदिने, निर्वाचन चिह्न कसैलाई पनि नदिएर फ्रीज गर्ने खालका ठूलो षड्यन्त्रहरु भइरहेको छ ।’

    विगतमा पनि यस्ता षड्यन्त्रहरु भएको तर निर्वाचन आयोगले कानून र यथार्थको आधारमा निर्णय गरेको नजिर रहेकाले यसपटक पनि आयोगले निष्पक्ष निर्णय गर्ने विश्वास अध्यक्ष नेपालले व्यक्त गरे ।

    ‘हामीले सम्झनुपर्छ विगतमा पनि अनेक षड्यन्त्रहरु भएका थिए । तर तत्कालीन समयमा निर्वाचन आयोगका पदाधिकारीहरु कुनै दबाबको सामु झुकेनन्, उनीहरुले कानून हेरे, यथार्थलाई हेरे, कानून र यथार्थको आधारमा निर्णय गरेका छन् । ती निर्णयहरु नजिरको रुपमा रहेका छन् । ती नजिरहरुलाई बेवास्ता गरिकन अनेक ढंगले चल्ने किसिमका प्रयत्न हुन सक्दछन्, त्यसो हुनाले हामी होशियार बन्न आवश्यक छ,’ उनले भने ।

    अध्यक्ष नेपालले दुईतिहाइ केन्द्रीय कमिटीको निर्णयलाई पन्छ्याएर कसैले अघि बढ्ने सपना देखेको भए सम्भव हुन नदिने समेत बताए ।

    अध्यक्ष नेपालले भनेझै चुनाव चिह्न सूर्य फ्रीज गराउने षड्यन्त्र सफल भएमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल कुन चिह्न लिएर चुनावमा जान्छन् भन्ने चासो जनस्तरमा देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend