आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतले नेपाललाई दिने अनुदानमा ह्वात्तै बृद्धि, १५ अर्ब ८७ करोड बजेट विनियोजन

भारतले नेपाललाई दिने अनुदानमा ह्वात्तै बृद्धि, १५ अर्ब ८७ करोड बजेट विनियोजन

  • मिडिया डबली
  • सोमवार, माघ १९ २०७७

  • 7.1K
    SHARES

  • भारतले नेपाललाई दिने अनुदानमा ह्वात्तै बृद्धि, १५ अर्ब ८७ करोड बजेट विनियोजन

    काठमाडौं – दक्षिणी छिमेकी भारतले नेपाललाई दिने वार्षिक अनुदान रकम बढाएको छ ।

    आर्थिक वर्ष २०२१/२२ का लागि सोमवार वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको केन्द्रीय बजेट अनुसार नेपालले पाउने वार्षिक अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब १२ करोड भारु अर्थात् १ अर्ब ८९ करोड नेपाली रुपैयाँले बढेको छ ।

    भारतीय वित्त मन्त्रालयका अनुसार नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारु अर्थात् १५ अर्ब ८७ करोड नेपाली रुपैयाँ प्राप्त गर्नेछ । यसअघि भारतले आर्थिक वर्ष २०२०/२१ मा भने नेपालले पाउने अनुदानमा भारी कटौती गरेको थियो । आव २०१९/२० मा नेपालले पाउने अनुदान ११ अर्ब ९८ करोड रहेको थियो ।

    गत वर्षको बजेटले झन् कटौती गरी ८ अर्ब ८० करोड भारुमा झारेको थियो । तर सोमबार सार्वजनिक भएको बजेटमा भने नेपालले पाउने अनुदान बढाइएको छ ।

    सोमबार घोषणा भएको बजेट २०२१ अप्रिलबाट कार्यान्वयनमा आउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले पहिलो पटक पेपरलेस बजेट ल्याएको छ । जसमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको जनाइएको छ ।

    भारतले छिमेकी मुलुकलाई दिने अनुदानमध्ये सबैभन्दा ठूलो रकम भुटानलाई छुट्याउने गरेको छ । यसपालि भुटानलाई दिने अनुदान रकममा भारतले उल्लेख वृद्धि गरेको छ ।

    तथ्यांकअनुसार आर्थिक वर्ष २०२१/२२ मा भुटानले भारतबाट ३० अर्ब ४ करोड भारु पाउने भएको छ । चालू आव २०२०/२१ मा भुटानले २२ अर्ब ६१ करोड पाएको थियो । त्यसअघि २६ अर्ब ६७ करोड रुपैयाँ भारु भुटानलाई भारत सरकारले अनुदान दिएको थियो । नयाँ बजेटमा भुटानपछि नेपालले बढी अनुदान रकम पाएको छ ।

    भारतले घोषणा गरेको छिमेकी मुलुकलाई दिने अनुदान रकम भारुमा –

    भुटान – ३० अर्ब ४ करोड
    नेपाल – ९ अर्ब ९२ करोड
    अफगानिस्तान – ३ अर्ब ५० करोड
    बंगलादेश – २ अर्ब
    श्रीलंका – २ अर्ब
    माल्दिभ्स – २ अर्ब ५० करोड
    म्यानमार – ४ अर्ब

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend