आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीको पछि लाग्दा यी मन्त्रीको पद चट् !

केपी ओलीको पछि लाग्दा यी मन्त्रीको पद चट् !

  • मिडिया डबली
  • सोमवार, माघ १९ २०७७

  • 8.9K
    SHARES

  • केपी ओलीको पछि लाग्दा यी मन्त्रीको पद चट् !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेर मन्त्री बनेका अर्थमन्त्री विष्णु पौडेललाई महासचिव पदको जिम्मेवारीबाट हटाइएको छ ।

    सोमबार काठमाडौंमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेललाई पदबाट हटाएको हो । 

    बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी स्थायी कमिटी बैठकले गरेको निर्णयलाई अनुमोदन समेत गरेको छ ।

    सोमबार बसेको प्रचण्ड–नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले ओली र पौडेल दुबैलाई कारवाही गरेको छ ।

    बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव राखेका थिए । प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको जनाइएको छ ।

    यसअघि माघ ११ गते पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्य समेत नरहने गरी हटाउने निर्णय गरेको थियो । 

    ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको आरोप लगाउँदै माघ २ गते बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो तर ओलीले कुनै जवाफ नदिएपछि कारवाही प्रक्रिया अगाडि बढेको थियो ।

    यसअघि केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट समेत हटाएको थियो । अहिले ओलीको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिएको छ ।

    गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend