काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डालीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।
संवैधानिक परिषद् सम्बन्धी कानून अध्यादेशमार्फत संशोधन गरेर गरेको नियुक्तिबारे छलफलका लागि ओली केहीबेरअघि शीतल निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
मंसिर ३० गते अध्यादेशमार्फत ऐन संशोधन गरेपछि ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेम राई र मानवअधिकार आयोगमा टोपबहादुर मगरसहित ११ वटा संवैधानिक निकायमा ३८ जना पदाधिकारी सिफारिस गरेको थियो ।
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए । सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा सहभागी थिएनन् ।
संयुक्त सदन कार्यसञ्चालन नियमावलीअुनसार संसदले पत्र प्राप्त भएको ४५ दिनभित्र संसदीय सुनुवाइ गरेर कुनै निर्णय नगरेमा संवैधानिक पदमा स्वतः नियुक्ति हुनसक्ने प्रावधान रहेको छ ।
संसद सचिवालयमा पुगेको नियुक्ति सिफारिस सम्बन्धी पत्रलाई सभामुख अग्नि सापकोटाले फिर्ता पठाइदिएका छन् ।
यस्तो छ सभामुखले पठाएको पत्र –



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।