आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गोकुल बाँस्कोटाको माग : सबै दलका नेताहरूको बैंक खाता हेरौं !

गोकुल बाँस्कोटाको माग : सबै दलका नेताहरूको बैंक खाता हेरौं !

  • मिडिया डबली
  • आइतवार, माघ १८ २०७७

  • 4.8K
    SHARES

  • गोकुल बाँस्कोटाको माग : सबै दलका नेताहरूको बैंक खाता हेरौं !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता तथा पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि व्यक्तिगत रुपमा विरोधको भाषामा नाराबाजी गरेकामा आपत्ति जनाएका छन् ।

    नेता बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको पनौती नगर कमिटी बैठक एवं विस्तारित भेलामा सबै दलका हरेक नेताको बैंक खाता हेर्नुपर्ने माग राखे ।

    ‘खाँदै नखाएको विषयमा विरोध आउँदा राजीनामा दिएँ, अब जिम्मेवार व्यक्तिले नेता र पूर्व मन्त्री भ्रष्टाचारका बोलेको विषयमा आरोप लागेकाले के गर्छौं, त्यसो भए सबैको बैंक खाता हेरौं,’ बाँस्कोटाले भने । नेता बाँस्कोटाले सबै नेता कार्यकर्तालाई चुनावी रणनीतिमा लाग्न आग्रह गरेका छन् ।

    उनले अहिले विदेशी हस्तक्षेप विरुद्धको अन्तिम लडाइँ भइरहेको बताए । नेता बाँस्कोटाले नेपालको वास्तविक भूगोलबारे विदेशी हस्तक्षेपविरुद्ध अहिलेको लडाइँ अन्तिम नै हुने दाबी गरेका छन् ।

    ‘हामी विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रवादको पक्षमा अन्तिम लडाइँ लडिरहेका छौं, यो लडाइँमा सहयात्री बनेकाले त्यो लडाइँमा साथ नदिएर व्यक्तिगत स्वार्थमा लागे, यसले राष्ट्रवादमाथि खतराको संकेत दिएको छ,’ नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले भने ।

    सहयात्रीको व्यक्तिगत स्वार्थले ‘चुच्चे नक्शा’ भनेर खिल्ली उडाउनेलाई साथ दिइरहेको बाँस्कोटाको दाबी थियो । ‘१४६ वर्षदेखि लुकाएर राखिएको नेपालको विस्तारित राज्यको नक्शा वर्तमान प्रधानमन्त्रीले सार्वजनिक गर्दा पाएको प्रशंसा सहन सकेनन् र अविश्वासको प्रस्ताव दर्ता गर्नसम्म भ्याए, यसलाई कसरी लिने तपाईंहरू आफैं बुझ्नुस्,’ उनले भने ।

    उनले फरक प्रसंगमा आजको ठीक ३ महिनापछि संसदीय निर्वाचन हुने बताउँदै निर्वाचनले सिन्दुर र माला लगाएर विजयी जुलुस मात्रै होइन, विदेशीसामु कहिल्यै नझुक्ने नेतृत्व दिलाउने दाबी गरेका छन् । उनले भने, ‘गत चुनावमा पनि हामी उपरखुट्टी लगाएर बस्न होइन, काम गर्न आएका थियौं, काम गरिरहेका छौं, अब पनि गर्नेछौं ।’

    नेता बाँस्कोटाले वर्तमान सरकारले पुनर्जागरणको युग सुरू गरेको उल्लेख गर्दै निर्माण, गरीबीविरुद्ध र सुख, शान्तिको नवीनतम युगको थालनी गरेको दाबी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend