काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले फैसला सुनाउँदै प्रतिनिधिसभा संसद पुनर्स्थापना नगरेमा संसदको बैठक बोलाएर केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तागत आफूहरूसँग रहेको घोषणा गरेका छन् ।
प्रचण्ड–नेपाल पक्षले आज शनिबार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिने विश्वास व्यक्त गर्दै नभए सभामुखमार्फत प्रतिनिधि सभाको बैठक बोलाउने चेतावनी दिए ।
‘सर्वोच्च अदालतले संविधानलाई राम्रोसँग बुझ्छ, संविधान हेरेर फैसला गर्छ भन्ने विश्वास छ । हामी सदन बोलाउँछौं, संसद बैठक बोलाएर ओलीलाई कारवाही गर्ने ताकत छ,’ अध्यक्ष प्रचण्डले भने, ‘हामी, कांग्रेस र जसपाले असंवैधानिक भनेका छन् । संसद बैठक बोलाएर संविधान र राष्ट्रघातको विरुद्ध कारवाही गर्ने हैसियत राख्छ ।’
प्रचण्डले आफ्नै बुद्धि र कर्मले कलंकको टीका लगाएर ओली पतनको बाटोमा हिँडिरहेको आरोप समेत लगाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।