आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आज होला त नेकपामा ओली र प्रचण्डको वारपार ? निर्वाचन आयोग तात्यो

आज होला त नेकपामा ओली र प्रचण्डको वारपार ? निर्वाचन आयोग तात्यो

  • मिडिया डबली
  • शुक्रवार, माघ १६ २०७७

  • 4.5K
    SHARES

  • आज होला त नेकपामा ओली र प्रचण्डको वारपार ? निर्वाचन आयोग तात्यो

    काठमाडौं – प्रतिनिधिसभा संसद विघटनपछि छुट्टाछुट्टै हिँडेका गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षलाई राखेर आज निर्वाचन आयोगले छलफल गर्दैछ ।

    ओली र प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले निर्वाचन तयारी र दल दर्ता प्रक्रियाबारे छलफल गर्न बहादुर भवनस्थित कार्यालयमा डाँकेको छ ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन सम्बन्धी विषयमा छलफल गर्न आज शुक्रबार बिहान ११ बजे दुबै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाइएको बताएका छन् ।

    आयोगले पठाएको पत्रमा नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे छलफल गर्ने उल्लेख नभएपनि नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने जनाइएको छ ।

    यसअघि नेकपाका दुवै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै आयोगमा निवेदन दिएका थिए । दुवै पक्षको दावी नपुग्ने निर्णय आयोगले गरिसकेको छ । नेकपा विवाद यथास्थितिमा रहेका बेला आयोग तात्दै सक्रियता देखाएको छ ।

    नेकपाका औपचारिक अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षको नेतृत्वमा विभाजनपछि भएका निर्णयलाई आयोगको अभिलेखीकरण गरेन । दुबै पक्षका निर्णय विधिसंवत नभएको भन्दै आयोगले अभिलेखीकरण गर्न अस्वीकार गर्‍यो ।

    ओलीले केन्द्रीय कमिटी विस्तारको निर्णय गरेका थिए भने प्रचण्डले ओलीलाई कारवाही गर्दै अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष मनोनित गर्ने निर्णय गरेका थिए । दुवै पक्षका निर्णय अस्वीकृत भएपछि कानुनी रूपमा नेकपाका अध्यक्ष ओली र प्रचण्ड नै रहेका छन् ।

    कानूनी रूपमा एकै भएपनि नेकपा विभाजित भइसकेको छ । यस्तो बेला अब के होला भन्ने सर्वत्र चासो रहेको छ ।

    नेकपा उपाध्यक्ष बामदेव गौतमले भने जस्तै तत्कालै ओली र प्रचण्ड एक भइहाल्ने अवस्था पनि छैन । दुवै पक्षले एकअर्कालाई गालीगलौजकै स्तरमा अभिव्यक्ति दिइरहेका छन् ।

    नेकपा विवाद के होला भनेर सर्वत्र चासो भइरहेका बेला निर्वाचन आयोगले नयाँ मोड ल्याएको छ । आयोगले नेकपाका दुवै ओली र प्रचण्ड पक्षलाई छलफलका लागि बोलाएको हो ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी बैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेपछि आयोगले निर्वाचनको तयारी गरिरहेको छ । सरकारी निर्णयअनुसार ओली पक्षले निर्वाचनमा होमिने घोषणा गरेपनि प्रचण्ड पक्षले संसद विघटन र निर्वाचनको विरोध गरिरहेको छ ।

    संसद विघटनको विषय सर्वाेच्च अदालतको संवैधानिक इजलासमा समेत विचाराधीन रहेको छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले सर्वाेच्च अदालतको फैसलाका आधारमा अगाडि बढ्ने मनस्थिति बनाएका छन् । निर्वाचन आयोगले भने सरकारी निर्णय अनुसार निर्वाचनको तयारी गरिरहेको छ ।
     
    आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

    निर्वाचनसम्बन्धी कानूनमाथि छलफल र निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने जनाइएको छ । तर आयोगले कांग्रेस, जसपा लगायत दललाई भने भोलि छलफलका लागि बोलाएको छैन । 

    यसअघि नेकपाको दुबै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै विभिन्न निर्णय गरेर आयोगमा दिएको निवेदनमा आयोगले दुबै पक्षको दावी नपुग्ने निर्णय गरिसकेको छ ।

    शुक्रबारको छलफलमा आयोगले दुबै पक्षलार्ई राजनीतिक दल सम्बन्धी कानून र आयोगले गर्ने निर्णय प्रक्रियाबारे छलफल गर्ने जनाइएको छ । नेकपा विवाद कायमै रहे निर्वाचन समेत प्रभावित हुने भएकाले आयोगले सक्रियता देखाएको स्रोतले जनाएको छ । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend