काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली लोकतन्त्र मास्न भष्मासुर र धन्धुकारी बनेर निस्केको आरोप लगाएका छन् ।
बिहीवार साँझ विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेता खनालले जनताको बलिदानबाट लोकतन्त्र स्थापना भए पनि त्यसलाई मास्न इतिहासका विभिन्न कालखण्डमा धन्धुकारी र भष्मासुरहरू लाग्ने गरेको बताएका छन् ।
खनालले पहिले राजा महेन्द्र, राजा ज्ञानेन्द्र लोकतन्त्र मास्न लागेको र अहिले आएर ओली भष्मासुर र धन्धुकारी बनेर लागेको दाबी गरेका छन् ।
‘इतिहासको कालखण्डमा लोकतन्त्र मास्न भष्मासुर र धन्धुकारीहरु आउने गरेका छन् । पहिले राजा महेन्द्र र ज्ञानेन्द्र आए । अहिले ओली आएका छन्,’ खनालले भने । खनालले बेला बखत देखापर्ने धन्धुकारी र भष्मासुरले नेपाली जनातले स्थापना गरेको लोकतन्त्र मास्न नसक्ने स्पष्ट पारेका छन् ।
खनालले लोकतत्र जोखाउन जनता सडकमा आइसकेको बताएका छन् । ‘लोकतन्त्र जोगाउन जनता सडकमा आइसकेका छन्,’ उनले भने ।
खनालले संविधान जोगाउन संसदको पुनःस्थापना अनिवार्य भएको बताएका छन् । नेकपा आफूहरुसँगै रहेकाले हालसम्म दाबी नगरे पनि आवश्यकता परे दाबी गर्ने खनालले बताएका छन् ।
खनालले तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको समेत स्पष्ट पारेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।