आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

योगेश भट्टराईले गरे प्रतिनिधिसभा पुनःस्थापित हुने मिति घोषणा

योगेश भट्टराईले गरे प्रतिनिधिसभा पुनःस्थापित हुने मिति घोषणा

  • मिडिया डबली
  • बिहिवार, माघ १५ २०७७

  • 5.5K
    SHARES

  • योगेश भट्टराईले गरे प्रतिनिधिसभा पुनःस्थापित हुने मिति घोषणा

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले प्रतिनिधिसभा संसद पुनःस्थापना हुने मिति घोषणा गरेका छन् ।

    इलाममा नेकपाका कार्यकर्तासँगको छलफलमा भट्टराईले सबै क्षेत्र आन्दोलनमा लागे आगामी फागुन १५ गतेसम्म प्रतिनिधिसभा पुनःस्थापित हुने दाबी गरे ।

    नेता भट्टराईले अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान रहेको समेत बताएका छन् ।

    नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकारेमा एकता सम्भव रहेको बताएका छन् ।

    उनले जनताको बहुदलीय जनमत (जबज) को मुद्दालाई प्रधानमन्त्री ओलीले नै कुल्चिएको आरोप लगाउँदै कानुन मान्दा, लोकतान्त्रिक व्यवस्था स्वीकार्दा मात्रै जबज लागू हुने जिकिर गरे ।

    संसदमा पेश गरिएका कुनै पनि नीति, कार्यक्रम र बजेटमा फरक मतसमेत नराखी पारित गरिराखेकामा प्रधानमन्त्रीले पार्टीको असहयोग भन्नु गलत रहेको समेत नेता भट्टराईले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend