काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले अदालतमा आफैं लिखित जवाफ दिन आदेश दिएको छ ।
संसद विघटनको मुद्दामा बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको विवादास्पद अभिव्यक्ति दिएपछि ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरिएको थियो ।
रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलना अभियोगमा किन कारबाही हुनु नपर्ने हो भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको हो ।
विवादास्पद अभिव्यक्तिका कारण ओलीले अदालतमा मुद्धामामिला झेल्दै आएका छन् । अब ओलीले अदालतमा धाउनुपर्ने अवस्था आएको छ ।
यस्तो छ अदालतको लिखित आदेश –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।