काठमाडौं – नेपाल–भारतबीच ठोरीमा रहेको विवाद समाधान भएको छ ।
यसअघि पर्साको ठोरीमा कोभिड–१९ पोर्टकल पालना नगरेको भन्दै पैदल यात्रुलाई भारतीय सीमा क्षेत्रमा प्रवेशमा रोक लगाएपछि स्थानीय र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच जनवरी २१ मा झडप भएको थियो ।
झडपपछि नेपालका स्थानीयले विरोध प्रदर्शन गरेका थिए । सीमा क्षेत्रमा खटिएका एसएसबीले नेपालीलाई कोभिड–१९ प्रोटोकलको पालना गर्न आग्रह गरेका थिए ।
यससँगै भारतीय पक्षले स्थानीय नेपालीहरूलाई निर्धारित मार्ग मात्रै प्रयोग गर्न समेत आग्रह गरेको थियो । तर स्थानीय नेपालीले भने भारतीय पक्षले अवरोध सिर्जना गरेको भन्दै विरोध प्रदर्शन गरेको थियो ।
नेपालको सीमा क्षेत्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल, स्थानीय र एसएसबीबीचको वार्तापछि समस्या समाधान भएको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।