आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओली र प्रचण्डलाई तागत देखाउन सक्लान् बामदेव गौतम ?

केपी ओली र प्रचण्डलाई तागत देखाउन सक्लान् बामदेव गौतम ?

  • मिडिया डबली
  • बुधवार, माघ १४ २०७७

  • 5.9K
    SHARES

  • केपी ओली र प्रचण्डलाई तागत देखाउन सक्लान् बामदेव गौतम ?

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमले पार्टी विभाजनपछि २ तिर फर्किएका अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकैतिर फर्काइदिने तागत आफूसँग रहेको दाबी गरेका छन् ।

    बुधवार नेकपा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै उपाध्यक्ष गौतमले दुबैलाई मिलाउन अधिकतम प्रयास गर्ने घोषणा गरे ।

    ‘अहिले उहाँहरू दुईतिर फर्कनुभएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु । केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन । प्रचण्डजी म नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो । म एकातिर जान्छु र केपीलाई प्रचण्डतिर फर्काइदिन्छु र प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग छ,’ उनले भने । बामदेवले आफ्नो तागत देखाउन सक्लान् ? हेर्न बाँकी छ ।

    पार्टी एकीकरणबाट विमुख भए ओली र प्रचण्ड सैनिक विनाको सेनापतिजस्तो हुने समेत गौतमले बताएका छन् । बैशाख १७ र २७ गते चुनाव भइहालेमा आफूलाई मन पर्ने व्यक्तिलाई भोट हाल्न पनि गौतमले नेता कार्यकर्तालाई आग्रह गरे ।

    ललितपुरको धोबीघाटमा आयोजित कार्यक्रमबीच बुधबार उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय घोषणा गरेका छन् ।

    पार्टी विभाजनका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को बराबर जिम्मेवारी रहेको उनले बताए । पार्टीमा जुटाउनेभन्दा पनि फुटाउने गतिविधि धेरै भएको समेत गौतमले बताएका छन् ।

    उनले भने, ‘एउटाले अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्रीलाई हटाउने र विकल्पको प्रधानमन्त्री बन्ने साथै अर्काले तिमीले बहुमत पुर्‍याउँदैछौ मैले प्रतिनिधिसभा भंग गरिदिन्छु भन्ने कारणले नै अहिलेको अवस्था आएको हो ।’

    ‘तराजुमा राखेर हेर्ने हो भने गल्ती गर्नेमा कसको धेरै छ, कसको कम छ भनेर हेर्दा मैले एउटाको बढी र अर्कोको कम देखिनँ । प्रतिनिधिसभा भंगपछि भएको क्षतिको कुरा एउटा हो । तर हाम्रो पार्टीको विभाजन भएर यो अवस्था आउनुमा दुबै नेता बराबर जिम्मेवार हुनुहुन्छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend