काठमाडौं – राजधानी काठमाडौंस्थित भारतीय राजदूतावासले मंगलबार भारतको ७२ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवदेखि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसम्मले सहभागिता जनाएका छन् ।
कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराए र त्यसपश्चात भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।
दिवसको अवसरमा राजदूतद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई ३ करोड ६८ लाख रुपैयाँ तथा कम्मल वितरण गरी सम्मान गरेका छन् ।
राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थालाई पुस्तक उपहारस्वरूप प्रदान गरेको छ ।
मंगलबारै राजदूतले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरे । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली समारोहको मुख्य अतिथिका रूपमा सहभागी भएका जनाइएको छ ।
सो समारोहमा नेपालका पूर्व राष्ट्रपति रामवरण यादवले ‘सम्पर्क इन्डिया नेपाल अलुम्नी नेटवर्क’का साथै सम्पर्कखबरएटनेपाल डटकम वेबसाइटको शुभारम्भ गरेका छन् ।

समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा चर्चित व्यक्तित्वहरूको उपस्थिति रहेको दूतावासले जनाएको छ ।
भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्याएको योगदानलाई कदर गर्दै सम्मान समेत गरिएको छ । भारतीय राजदूतावासद्वारा आयोजित ‘मैत्री थ्रो माइ लेन्स’ फोटो प्रतियोगिताका ३ उत्कृष्ट प्रतियोगीलाई चेक तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।