आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कोरोना खोपपछि भारतले गर्‍यो नेपाली किसानलाई फाइदा पुग्ने निर्णय, यस्तो भयो सहमति 

कोरोना खोपपछि भारतले गर्‍यो नेपाली किसानलाई फाइदा पुग्ने निर्णय, यस्तो भयो सहमति 

  • मिडिया डबली
  • मंगलवार, माघ १३ २०७७

  • 8.3K
    SHARES

  • कोरोना खोपपछि भारतले गर्‍यो नेपाली किसानलाई फाइदा पुग्ने निर्णय, यस्तो भयो सहमति 

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बेला भारत सरकारले नेपाललाई अनुदानमा कोरोना विरुद्धको खोप उपलब्ध गराएको छ । खोप भोलि बुधबारदेखि अग्रपंक्तिमा रहेर काम गरिरहेका व्यक्तिहरूलाई लगाइँदैछ ।

    कोरोना महामारीका बेला साथ दिएको भारतले अब नेपाली किसानलाई सहयोग पुग्ने गरी सहमति गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बंगलादेशबाट रासायनिक मल आउँदैछ भनेर जनतालाई झुक्याएपनि किसानले मल पाएनन् ।

    किसानले मल नपाउँदै लगानी अनुसारको प्रतिफल नभएको गुनासो किसानले गरेका छन् । तत्कालीन कृषिमन्त्री घनश्याम भुसाल किसानलाई मल नल्याई सरकारबाट बाहिरिएका छन् ।

    नेपाली किसानलाई देखिएको मलको समस्या समाधान गर्न अब भारत सरकारले नै नेपाल सरकारलाई मल बेच्ने भएको छ । यसअघि भारतले मल निर्यात गर्ने गरेको थिएन ।

    नेपालसँग गभर्नमेन्ट टु गभनर्मेन्ट ‘जीटुजी’ (सरकारी स्तर) समझदारी गरेर रासायनिक मल बिक्री गर्न छिमेकी देश भारत सहमत भएको छ । गत माघ २ गते भारतमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालले राखेको मल खरिदमा जीटूजी गर्ने प्रस्तावमा भारतले सहमति जनाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

    हाल नेपालले ग्लोबल टेण्डरमार्फत मल खरिद गरिरहेको छ । बंगलादेशबाट पैंचोमा मल आउने प्रचार गरिएपनि धेरै ढिला भएको छ ।

    भारतबाट मल ल्याउन जीटूजी मोडल प्रस्ताव गरिएपछि समझदारी बनेको कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले जानकारी दिए । ‘परराष्ट्र मन्त्रीस्तरीय बैठकमा भारतले नेपाललाई मल दिन सहमति जनाएको छ, हामीले जीटूजीको मोडल बनाउन तयारी थालेका छौं,’ उनले भने ।

    जीटूजीमा मल खरिदबारे भारतसँग भएको समझदारी कार्यान्वयन गर्न परराष्ट्रमार्फत कृषि मन्त्रालयलाई पत्राचार भएको पनि सचिव कार्कीले बताएका छन् । भारतले कति परिमाणमा नेपाललाई मल उपलब्ध गराउने र त्यसको प्रक्रिया के हुने भन्नेबारे मन्त्रालयले प्रारम्भिक चरणको छलफल सुरू गरिसकेको मन्त्रालय स्रोतले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारबाट नेपालले हरेक वर्ष करीब ९ अर्ब रुपैयाँ बराबरको ४ लाख मेट्रिकटन रासायनिक मल खरिद गर्ने गरेको छ । यसमा सरकारी स्वामित्वको कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत ३ लाख ५० हजार मेट्रिक टन अनुदानको मल खरिद हुनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend