आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

निर्वाचन आयोगले भनेपनि केपी ओली अध्यक्ष होइनन्, हटाइसक्यौं : माधव नेपाल

निर्वाचन आयोगले भनेपनि केपी ओली अध्यक्ष होइनन्, हटाइसक्यौं : माधव नेपाल

  • मिडिया डबली
  • मंगलवार, माघ १३ २०७७

  • 4.6K
    SHARES

  • निर्वाचन आयोगले भनेपनि केपी ओली अध्यक्ष होइनन्, हटाइसक्यौं : माधव नेपाल

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेकपाको अध्यक्ष नरहेका दाबी गरेका छन् ।

    मंगलबार ताप्लेजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपाले ओलीलाई अध्यक्षबाट हटाइसकेको बताएका छन् ।

    निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको अध्यक्ष नेपालले बताए । प्रचण्ड–नेपाल पक्षीय नेकपाले ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष मनोनित गरेको थियो ।

    ‘४४१ मध्ये ३०० जना बसेर अध्यक्षबाट निकालिसकिएको छ । अब ओली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष होइनन्,’ उनले भने ।

    ओलीलाई नेकपाको नाम समेत नलिन चेतावनी दिँदै अध्यक्ष नेपालले भने, ‘यदि अध्यक्ष नै बन्ने मन छ भने ओली गुटको अध्यक्ष लेखे हुन्छ । गुटको अध्यक्ष बन्नुहोस्, घरको अध्यक्ष बन्नुहोस् ।’

    निर्वाचन आयोगले ४४१ सदस्यीय कमिटीलाई मान्यता दिएको र त्यसको ७० प्रतिशतले ओलीलाई हटाइसकेकाले ओली अध्यक्ष नरहेको अध्यक्ष नेपालले बताएका छन् । नेकपासँगै सूर्य चिह्न पाउने आशा मार्न पनि नेपालले आग्रह गरेका छन् ।

    ‘सूर्य पाउन आशा नगर्दा हुन्छ । बयलबाडा लिएर गए हुन्छ,’ अध्यक्ष नेपालले भने । केपी ओली निर्वाचनबाट आएको तानाशाही भएको आरोप लगाएका छन् ।

    उपाध्यक्ष बामदेव गौतमले ओलीलाई सुर्धाछु भन्नु र बालुवा पेलेर तेल निकाल्नु उस्तै कुरा भएको अध्यक्ष नेपालले टिप्पणी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend