आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आयोगको निर्णयपछि ओली–प्रचण्डलाई जुटाउन ईश्वर पोखरेल ताते, सहमतिको यस्तो प्रस्ताव

आयोगको निर्णयपछि ओली–प्रचण्डलाई जुटाउन ईश्वर पोखरेल ताते, सहमतिको यस्तो प्रस्ताव

  • मिडिया डबली
  • सोमवार, माघ १२ २०७७

  • 23.0K
    SHARES

  • आयोगको निर्णयपछि ओली–प्रचण्डलाई जुटाउन ईश्वर पोखरेल ताते, सहमतिको यस्तो प्रस्ताव

    काठमाडौं – निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै पक्षले गरेका पार्टी विभाजनका गतिविधिलाई बदर गरिदिएपछि नेकपाको राजनीतिले नयाँ मोड लिएको छ ।

    निर्वाचन आयोगले ओलीलाई कारवाही गरेर माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड पक्षको निर्णय र केन्द्रीय कमिटीको संख्या बढाउने ओली पक्षको निर्णयलाई सदर नगरेपछि कानूनी रूपमा एकीकृत नेकपा नै कायम भएको छ । तर राजनीतिक रूपमा भने ओली र प्रचण्ड दुवै विभाजित छन् ।

    निर्वाचन आयोगको निर्णयपछि ओली पक्षीय नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल सक्रिय भएका छन् । उनले ओली–प्रचण्डलाई राजनीतिक रूपमै मिलाउन प्रस्ताव ल्याएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै पोखरेलले ओली–प्रचण्ड मिल्ने ठाउँ रहेको बताए ।

    पोखरेलले पार्टी विभाजन नभएको बताउँदै आफूहरूको माग आयोगले पूरा गरेको बताएका छन् । ‘हामीले निर्वाचन आयोगको निर्णयलाई सकारात्मक रूपमा लिएका छौं, हामीले पार्टी विभाजन भएको छैन भनेर जे भन्दै आएका थियौं, त्यही कुरा नै आयोगले पनि भनेको छ,’ पोखरेलले भने ।

    पोखरेलले अराजकता सिर्जना गरेर पार्टी विभाजन गर्नेहरूले जनताको भावनामा चोट पुर्‍याउन खोजेको आरोप लगाए । पोखरेलले कात्तिक २८ गते प्रचण्डले प्रधानमन्त्री ओलीमाथि लगाएका आरोप फिर्ता हुनुपर्ने र घोषित निर्वाचनमा सहभागी भएमा पार्टी एकता कायम रहने प्रस्ताव अघि सारेका छन् । पोखरेलको प्रस्तावमा प्रचण्ड पक्ष सहमत हुन्छ/हुँदैन स्पष्ट भइसकेको छैन ।

    ‘अहिले पनि अराजकता सिर्जना गर्न खोजियो, जनताको भावनामा चोट पुर्‍याउन खोजियो । यो एकतालाई कायम राख्ने हो भने दुईटा कुरा गर्नुपर्छ । कात्तिक २८ गते पार्टी अध्यक्षका रूपमा रहनुभएका प्रचण्डले प्रथम अध्यक्षलाई जुन गम्भीर आरोप लगाउनुभएको छ, त्यो अभियोग पत्र फिर्ता लिनुपर्छ र घोषित निर्वाचनमा सहभागी हुन तयार भएर आउनुपर्छ । त्यसो हुँदा अहिले जुन स्थिति देखिएको छ, त्यसलाई टार्न सकिन्छ,’ पोखरेलले भने ।

    प्रचण्ड पक्षले भने संसद विघटनको विरोध गर्दै सडक आन्दोलन गर्दै आएको छ । संसद पुनःस्थापनाको माग गर्दै आएको प्रचण्ड पक्षले बैशाखमा निर्वाचन हुनै नसक्ने दाबी गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend