आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

झूटा आश्वासन बाँड्ने नेकपा छाडेर ६० जना कांग्रेसमा प्रवेश

झूटा आश्वासन बाँड्ने नेकपा छाडेर ६० जना कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • शुक्रवार, माघ ९ २०७७

  • 9.3K
    SHARES

  • झूटा आश्वासन बाँड्ने नेकपा छाडेर ६० जना कांग्रेसमा प्रवेश

    काठमाडौं – ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका–१० अमजानीमा आयोजित नेपाली कांग्रेस पार्टी प्रवेश तथा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संगठित सदस्यहरू एकबहादुर मगर, कुमार थापा मगर, टीका मगर लगायत ६० जनाले कांग्रेस प्रवेश गरेका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले मगरको संख्या धेरै रहेको ओखलढुंगा जिल्लामा विगतमा पनि नेपाली कांग्रेसलाई जिताएको स्मरण गर्दै भने, ‘संविधान रक्षा गर्न, नेपाल र नेपालीको रक्षाको लागि, लोकतान्त्रिक रक्षाको लागि फेरि नेपाली कांग्रेसलाई जिताउनुपर्ने भयो ।’

    कम्युनिस्ट सरकारले नेपाली जनतालाई कहिले रेल, कहिले पानीजहाज, घरघरमा ग्यासको पाइपदेखि सगरमाथा पुग्ने केवलकार जस्तो धेरै झूटा आश्वासन बाँडेको उनले बताए ।

    ‘राजाले तर्साउन खोजे आफैं सकिनुपर्‍यो, राणाले सिध्याउन खोज्यो आफैं समाप्त भयो, नेकपा माओवादीले गाउँगाउँबाट लखेटेर कोही बस्न दिएनन्, माओवादी विलय भयो । नेपाली कांग्रेस सिंह भएकाले सानोतिनो आँधीहुरी र पानी जे आए पनि फरक पर्दैन,’ उनले भने ।

    पार्टी प्रवेशमा कांग्रेस जिल्ला सभापति प्रदीपकुमार सुनुवार, पूर्व सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडा, नेपाली कांग्रेस जिल्ला उपसभापति तेजेन्द्र खनाल, सचिव रुद्र अधिकारी, युवा नेता बालकृष्ण दाहाल, खिलानाथ दाहाल, डिल्ली खनाल, अशोक कार्की, कमल तामाङ, जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठ, जिल्ला कार्यसमितिका सर्वधन तामाङ, पदम तामाङले स्वागत गरेका थिए ।

    141331783_162466075636237_5761901630144249697_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend