आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

झलनाथ खनालले सर्प पाल्नमै ७२ करोड सकेपछि नेकपामा विद्रोह, इन्चार्ज नै कांग्रेसमा प्रवेश

झलनाथ खनालले सर्प पाल्नमै ७२ करोड सकेपछि नेकपामा विद्रोह, इन्चार्ज नै कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • बिहिवार, माघ ८ २०७७

  • 17.4K
    SHARES

  • झलनाथ खनालले सर्प पाल्नमै ७२ करोड सकेपछि नेकपामा विद्रोह, इन्चार्ज नै कांग्रेसमा प्रवेश

    काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालको गृहजिल्ला इलाममा नेकपाभित्र विद्रोह भएको छ ।

    नेपाली कांग्रेस इलामको सूर्योदय नगरपालिका–१३ र १४ नम्बर वडा कार्यसमितिले आयोजना गरेको विरोध कार्यक्रममा नेकपाका वडा इन्चार्ज सागरनाथ आचार्यसहित १३१ जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

    कांग्रेस प्रवेश गर्नेमा इन्चार्ज आचार्य, नेकपा नगर दलित समन्वय समिति सचिव मानवहादुर विसन्खे र नेकपा वडा सहइन्चार्ज सहितको जम्बो टोली रहेको छ ।

    नवप्रवेशीलाई नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले पार्टीमा स्वागत गरेका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनाल निर्वाचित भएको इलामको १ नम्बर निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम भएको हो ।

    कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रभावशाली युवा नेता डम्बर खड्काले नेकपा नेता झलनाथ खनालले पूर्व प्रधानमन्त्री हुँदा इलामका लागि के–के गरे भनेर प्रश्न गरेका छन् ।

    ‘इलामको नाममा आउने ७२ करोडको सर्प पाल्नमा सकाए । जित्न चाहिँ २६ वर्ष जित्नुभयो तर विकास खै ?’ उनले प्रश्न गरे, ‘उहाँले कांग्रेसलाई त म खोज्ने बनाइदिन्छु भन्नुहुन्छ तर अहिले जनताले कांग्रेसलाई नै खोज्दै पार्टी प्रवेश गरिरहेका छन् ।’

    जनतालाई समस्या र मर्का परेका बेला खनाल इलाम कहिल्यै नआउने गरेको नेता खड्काले बताए । ‘कोरोनाको महामारीका बेला झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङले एकपल्ट इलाम टेकेको देखाउनुस् । जनतालाई सडक, बिजुली, खानेपानीको समस्या पर्दा कहिल्यै आए ? तर तपाईं उहाँहरूलाई नै किन भोट दिनुहुन्छ । यो बानी छाड्नुस्, तपाईं कसैको दास होइन,’ उनले भने ।

    139608531_150721316694378_4757234985427509346_n.jpg139662667_170075801575275_3146440084413840922_n.jpg

    कार्यक्रममा नवप्रवेशी सागरनाथ आचार्यले नेपाल देश बचाउन अन्ततः कम्युनिस्ट छाडी कांग्रेसमा प्रवेश गरेको बताए । नेकपा काण्ड नै काण्डमा फसेको र आफूलाई कम्युनिस्ट भन्न लाजमर्दो भएको उनले बताए ।

    नेता खड्काले अब सबैलाई नेपाली कांग्रेस हुनुमा गौरव हुनुपर्ने र म नेपाली कांग्रेस हुँ भन्दा छाती चौडा हुने बताए । ‘नेपाली कांग्रेसले कहिल्यै पनि कार्यकर्ता र नेपालीको शिर झुक्ने काम गरेको छैन, गलत काम गरेको छैन,’ उनले भने, ‘कांग्रेसले २००७ सालमा राणा फालेको थियो, त्यसपछि पञ्चायत फाल्यो, २०६२/०६३ सालमा राजतन्त्र फाल्यो ।’

    कम्युनिस्ट सरकारले दुईतिहाइको दम्भमा जनतालाई थिचोमिचो गर्ने, भ्रष्टाचार गर्ने, विकास निर्माणको नाममा जनतालाई ढाँट्ने काम गरेको नेता खड्काले बताए । ‘माथि सुन पक्राउ गर्‍यो तल पुग्दा पित्तल हुन्छ, भ्रष्टाचार बढेको बढ्यै छ, दक्षिण एसियामै १ नम्बर भएको छ,’ उनले भने, ‘कांग्रेसले मात्रै भनेको कुरा गर्छ । नेपाली कांग्रेसले एकाधिकार लाद्न कहिल्यै पनि खोजेको छैन, विकास निर्माण छेक्ने र ढुंगा हान्ने पनि गरेको छैन । कम्युनिस्टले अरुलाई दुःख दिने काम मात्रै गरेको छ ।’

    140223284_1775233752643150_7336497594683062666_n.jpg

    कांग्रेसमा प्रवेश गर्नेको विश्वासमाथि विश्वासघात हुन नदिने नेता खड्काले बताए । ‘हामी विश्वासघात हुने दिने छैनौं, तपाईहरू विश्वास गरेर कांग्रेसमा आउनुभएको छ,’ उनले भने, ‘कांग्रेसमा पनि आन्तरिक गुटबन्दी हुन्छ तर त्यो आन्तरिक चुनावमा मात्रै हुन्छ, जनतालाई धोका दिने काम हुँदैन ।’

    नवप्रवेशीलाई कांग्रेसमा कुनै भेदभाव नहुने बताउँदै खड्काले भने, ‘गिरिजाप्रसाद कोइराला कुनै बेला एमालेमा हुनुहुन्थ्यो तर अहिले हाम्रो आस्थाको केन्द्र हुनुहुन्छ, हामी कसैलाई भेदभाव गर्दैनौं । कांग्रेसले क्षमताको सम्मान गर्छ, त्यो सम्मान साथीहरूले पनि पाउनुहुन्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend