आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीको सनकले निम्त्याएको चुनाव, ८ अर्ब स्वाहा हुने लेखाजोखा !

केपी ओलीको सनकले निम्त्याएको चुनाव, ८ अर्ब स्वाहा हुने लेखाजोखा !

  • मिडिया डबली
  • सोमवार, माघ ५ २०७७

  • 5.3K
    SHARES

  • केपी ओलीको सनकले निम्त्याएको चुनाव, ८ अर्ब स्वाहा हुने लेखाजोखा !

    काठमाडौं – निर्वाचन आयोगले बैशाख १७ र २७ गते गरी २ चरणमा हुने गरी तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि करीब ८ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।

    आयोगले आईतबार अर्थ मन्त्रालयका सचिव सहितसँग निर्वाचन खर्चबारे छलफल गरेकोमा करीब ८ अर्ब खर्च लाग्ने प्रारम्भिक निष्कर्ष निकालेको छ ।

    आयोगले कोभिड–१९ लाई समेत मध्यनजर गरेर निर्वाचन तयारी गर्नुपर्ने भएकाले अघिल्ला निर्वाचनभन्दा खर्च केही बढ्ने अनुमान गरेको छ । खर्चको प्रारम्भिक खाका बनाउने काम भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सनकको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको संसद विघटनको घटनापछि २ चरणमा गर्ने गरी तोकिएको निर्वाचनको तयारी गर्न आयोगले निर्वाचन कार्यायोजना समेत तयार गर्दैछ । आयोगले कार्ययोजनामा निर्वाचन तालिकादेखि निर्वाचन कार्यक्रम र खर्च तथा व्यवस्थापनका विषयलाई समेट्दैछ ।

    यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च लागेको थियो । त्यस बखतको निर्वाचनमा सरकार, सुरक्षा निकाय, पर्यवेक्षक लगायतमा तीनै तहको निर्वाचनमा गरी ३० अर्बभन्दा बढी खर्च भएको थियो ।

    यसअघि २०६४ निर्वाचनमा आयोगका लागि मात्र २ अर्ब २५ करोड खर्च लागेकोमा २०७० सालमा बढेर ४ अर्ब ५२ करोड खर्च भएको थियो । आयोगले निर्वाचनकै सन्दर्भमा आईतबार राजनीतिक दलका प्रतिनिधिलाई समेत बोलाएर निर्वाचन तयारीबारे छलफल गरेको छ । 

    निर्वाचन घोषणा भएपछि आफ्नो पक्षबाट हुँदै आएको तयारी र भइरहेका कामबारे आयोगले राजनीतिक दलका प्रतिनिधिलाई जानकारी गराएको छ ।

    आयोगमा भएको छलफलमा संघीय संसद, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको थियो । आयोगका प्रवक्ता श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४७ मा भएको व्यवस्था अनुसार राजनीतिक दलका प्रतिनिधिलाई आयोगमै बोलाएर मतदाता अद्यावधिक कार्यक्रम र तयारीबारे अवगत गराएको बताएका छन् ।

    श्रेष्ठले आयोगले निर्वाचन कार्यक्रम, मतदाता नामावली अद्यावधिक कार्यक्रम, मतदानस्थल तथा मतदान केन्द्र निर्धारण तथा पुनरावलोकन कार्यक्रमबारे छलफलका क्रममा दलहरूलाई जानकारी गराएको बताएका छन् । ‘आयोगले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४७ मा भएको व्यवस्था अनुसार निर्वाचन तयारी, निर्वाचन कार्यक्रम, मतदाता नामावली अद्यावधिक कार्यक्रम, मतदानस्थल तथा केन्द्र निर्धारण तथा पुनरावलोकन कार्यक्रमबारे दलहरूलाई जानकारी गराएको हो,’ आयोगका प्रवक्ता श्रेष्ठले भनेका छन् ।

    श्रेष्ठले छलफलका क्रममा दलका प्रतिनिधिहरूसँग आयोगले आफूले गर्दै आएका काममा दलका स्थानीय प्रतिनिधिको समेत साथ मागेको जानकारी दिएका छन् । छलफलका क्रममा आयोगले निर्वाचन कार्यक्रममा सहभागी हुन राजनीतिक दलको तर्फबाट आम नागरिकलाई सुसुचित गराइदिन समेत दलका प्रतिनिधिसँग आग्रह गरेका छन् ।

    छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले नै निर्वाचन तयारीमा आयोग अघि बढ्दा आयोगको विश्वसनीयता र निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने बताएका छन् । पाण्डेले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा तत्काल निर्वाचनको कार्यक्रम अघि नबढाउन पनि आयोगलाई आग्रह गरेका छन् ।

    नेपाली कांग्रेसका तर्फबाट छलफलमा सहभागी नेता आनन्दप्रसाद ढुंगानाले आयोगलाई निर्वाचनको तयारीमा साथ रहेको बताए ।

    आयोगले गत पुस २३ गतेबाट मतदान स्थल, मतदान केन्द्र निर्धारण र पुनरावलोकनको काम गरिरहेको छ भने जिल्ला निर्वाचन कार्यालयका अधिकारीहरूलाई सोबारे प्रशिक्षण दिएको छ । आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी कार्य माघ १७ गते सम्पन्न गर्ने जनाइएको छ ।

    आयोगले मतदाता नामावली अद्यावधिक गर्ने काम १५ माघ २१ गतेसम्म सञ्चालन गर्दैछ । आयोगले मतदाताहरूलाई आफ्नो स्थानीय तहका केन्द्रमा गएर मतदाता नामावलीमा भएको त्रुटि सच्याएर अद्यावधिक गर्न समेत आग्रह गर्दै आएको छ ।

    निर्वाचनको मिति घोषणा भएलगत्तै आयोगले गत पुस ६ गतेबाट नै मतदाता नामावली संकलनको काम भने स्थगित गरिसकेको छ । आयोगले गत पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले बैशाखका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पाउने जानकारी दिएको छ ।

    आयोगले आईतवारको छलफलमा नेकपाका दुवै पक्षसहित कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, नेकपा माले, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी र नेपाल परिवार दललाई पत्र पठाएरै छलफलमा बोलाएको थियो । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend