काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले आफू केपी शर्मा ओलीभन्दा बढी मत ल्याएर जितेको सांसद भएको बताएका छन् ।
आईतबार रामेछापको मन्थलीमा आयोजित जनसभामा भट्टराईले ओलीले आफूलाई केटो भनेर हेपेकोमा आपत्ति जनाएका छन् ।
‘म प्रधानमन्त्री केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको सांसद हुँ, उहाँसँगै लामो समयदेखि एकै कमिटीमा रहेर काम गर्दै आएको छु,’ नेता भट्टराईले भने, ‘मलाई केटो भनेर जिस्क्याउने ?’
नेता भट्टराईले भने, ‘प्रधानमन्त्रीले मलाई केटो भन्नुभएछ, हो म केटै हो, मेरो लिङ्ग छुट्टिएको छ, केटोको पहिचानसहित उभिएर बोल्दैछु । उहाँको छुट्टिएको छैन होला ।’
सभामा उपस्थित कार्यकर्तालाई नेता भट्टराईले प्रधानमन्त्री ओलीको स्कूलमा भर्ना नहुन आग्रह गरेका छन् । ‘त्यो स्कूलमा मर्यादा सिकाइँदैन, शिष्टता र इमान्दारिता सिकिँदैन, त्यसमा भर्ना नहुनुहोला,’ उनले भने ।
नेकपाको स्पष्ट बहुमत भएको प्रतिनिधि सभालाई असंवैधानिक कदमबाट विघटन गर्ने प्रधानमन्त्री ओलीले कुन नैतिकताले फेरि प्रतिनिधिसभा माग गर्ने अधिकार छ भन्दै भट्टराईले प्रश्न गरे । ‘प्रधानमन्त्रीको नैतिकता छैन, उहाँ जाली काम गर्दै आउनुभएको छ,,’ भट्टराईले भने, ‘संसद विघटन गर्ने अधिकार नहुँदा–नहुँदै पनि मुलुकलाई अस्थिरतातिर लान प्रधानमन्त्रीले असंवैधानिक कदम उठाए ।’
काम गर्न नदिएको भन्ने ओलीको जिकिरलाई मिथ्या दाबी गर्दै भट्टराईले भने, ‘नेकपाले ल्याएको नीति तथा कार्यक्रम कुन चाहिँ फेल भएको थियो र काम गर्न पाइनँ भनेर गुनासो गर्दै हिँड्नुहुन्छ ।’
नेता भट्टराईले मुलुक फेरि द्वन्द्वतिर लैजान प्रधानमन्त्री ओली उद्यत रहेको भन्दै नेपाली जनताको आशा र भरोसामाथि कुठाराघात भएको बताएका छन् । ‘२०१७ साल दोहोर्याउने प्रधानमन्त्रीको नियत हो तर त्यो सपना नदेखे हुन्छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।