आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विद्या भण्डारी र केपी ओलीको ‘गोप्य’ पत्राचार विवादमा परेपछि भेटवार्ता

विद्या भण्डारी र केपी ओलीको ‘गोप्य’ पत्राचार विवादमा परेपछि भेटवार्ता

  • मिडिया डबली
  • आइतवार, माघ ४ २०७७

  • 9.8K
    SHARES

  • विद्या भण्डारी र केपी ओलीको ‘गोप्य’ पत्राचार विवादमा परेपछि भेटवार्ता

    काठमाडौं – प्रतिनिधिसभा संसद विघटन गरिएपछि सर्वाेच्च अदालतमा यससम्बन्धी मुद्दा विचाराधीन रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएको ‘गोप्य’ पत्राचार विवादमा पर्‍यो ।

    संसद विघटन सम्बन्धी सिफारिस गर्दा एउटा पत्रमा संविधानको धारा नै उल्लेख नभएको तथा मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री ओलीको पत्राचार छुट्टाछुट्टै भएको भनेर विवाद सिर्जना गरिएको छ । ओलीले राष्ट्रपतिलाई पठाएको गोप्य पत्र समेत सार्वजनिक भइसकेको छ ।

    सर्वाेच्च अदालतमा मुद्दाको विवाद रहेका बेला आईतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बिहान शितल निवास पुगेका थिए । संसद विघटनको विवाद रहेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीच के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।

    संसद विघटन अघि र पछि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तालाई बाक्लो बनाएका छन् । संसद विघटनपछि सत्तारुढ दल नेकपा दुई चिरामा विभाजित भएको छ भने उपाध्यक्ष बामदेव गौतमले एकताका लागि छुट्टै अभियान थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend