काठमाडौं – केही दिनअघि भारतले महाकाली मिचेर बाँध बाँधेको समाचार प्रकाशित भएको थियो । विभिन्न नेपाली सञ्चारमाध्यममा भारतले महाकाली मिचेको भन्ने समाचारपछि भारतीय पक्षले ध्यानाकर्षण भएको जनाएको छ ।
भारतले उक्त बाँध भारतीय क्षेत्रमा नै बाँधिएको बताएको छ । भारतीय पक्षले भनेको छ, ‘हामीले खोला तरेर नेपाली भूमिमा प्रवेश गरेका छैनौं ।’
महाकाली नदीको धार परिवर्तन भइरहेको छ । त्यसकारण नेपाली पक्षले पनि बाँध बाध्नुपर्ने सुझाव दिएको छ । भारतीय पक्षले भनेको छ, ‘नेपालले पनि आफ्नो क्षेत्रमा बाँध बाध्न आवश्यक छ । बाँध बाधिएन भने बाढी आउनु स्वाभाविक छ ।’
भारतले हालसम्म कुनै नेपाली अधिकारीले भूमि दाबी समेत नगरेको बताएको छ । भारतले भनेको छ, ‘नेपाली पक्षले दाबी गर्न आएमा भारतीय पक्षले दुई मुलुकको भातृ सम्बन्धका आधारमा नेपाली पक्षलाई यस विषयमा सम्झाउने छ ।’
महाकालीको बाढीले २०७० सालमा दार्चुला सदरमुकामका १५६ घर बगाएको थियो । बाढीले निरन्तर पुर्याउने क्षति घटाउन नेपालले तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले माइकिङ गरेर रोकेको नेपाली सञ्चारमाध्यमले जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।