काठमाडौं - सत्तारुढ नेकपा विभाजन भएपछि अहिले नेताहरु एकअर्काप्रति हिलो छ्यापाछ्याप गरिरहेका छन् । सुन्नै नसक्ने गालीगलौज पनि भइरहेका छन् ।
सिद्धान्त र विचारभन्दा पनि पदकै लडाइँ नेतामा देखिएको भन्दै आरोप प्रत्यारोप गरिरहेका छन् । यसरी शीर्ष नेतालाई धेरै आरोप प्रत्यारोप र नानाथरी भन्नेमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अग्रपंक्तिमा पर्छन् ।
उनले प्रचण्ड र माधव नेपालले पदकै लागि नेकपा विभाजन गरेको आरोप लगाएका छन् । तर, उनी आफैं भने पदका कति लोभी र पदलोलुपता छन् भन्ने उनको पृष्ठभूमि हेर्दा छर्लंग हुन्छ ।
संघीय मन्त्री र सांसद भएका शंकर पोखरेल अन्ततः पदकै लोभले प्रदेश सांसदमा उठे र मुख्यमन्त्री बने । तत्कालीन एमालेको नवौं महाधिवेशनमा हारेर पनि लगत्तै उनी स्थायी समिति सदस्यमा मनोनीत हुन सफल भए ।
नेकपा गठन भएपछि प्रदेश इन्चार्ज आफैं बने । मुख्य मन्त्री भएर पनि अहिलेसम्म आफैले अर्थमन्त्री च्यापेर राखेका छन् । आफ्नी श्रीमतीलाई समानुपातिक सांसद बनाए । शंकर पार्टी राजनीति र सत्ताबाट अहिलेसम्म विमुख भएका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।