आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नयाँ पार्टीमा प्रचण्ड अल्पमतमा, ओलीले छाडेका सबै पद पाइँदा माधव नेपाललाई फाइदै–फाइदा !

नयाँ पार्टीमा प्रचण्ड अल्पमतमा, ओलीले छाडेका सबै पद पाइँदा माधव नेपाललाई फाइदै–फाइदा !

  • मिडिया डबली
  • मंगलवार, पौष २८ २०७७

  • 4.9K
    SHARES

  • नयाँ पार्टीमा प्रचण्ड अल्पमतमा, ओलीले छाडेका सबै पद पाइँदा माधव नेपाललाई फाइदै–फाइदा !

    काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि प्रचण्ड–नेपाल पक्षले पार्टी एकीकरण प्रक्रिया पूरा गर्दा साविक एमालेले नेतृत्व गरेको र साविक माओवादी केन्द्रले नेतृत्व गरेको पंक्तिलाई यथावत् राख्ने गरी मापदण्ड तय गरेको छ ।

    पुस १९ गते बसेको स्थायी कमिटीको बैठकबाट प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा पार्टी एकताको बाँकी काम पूरा गर्न बनेको कार्यदलले त्यस किसिमले मापदण्ड तयार पारेको हो । 

    ‘हामीले एउटा विधि र मापदण्ड तय गरेका छौं,’ कार्यदलका एक सदस्यले भने, ‘त्यसैअनुसार पदपूर्ति हुने भएका छन् ।’

    प्रदेश, जिल्ला कमिटी र जनसंगठनहरुमा नेतृत्व खाली भएपछि प्रचण्ड– नेपाल पक्षले एकता प्रक्रियालाई पूरा गर्ने प्रक्रिया अघि बढाएको हो । ओली पक्षले प्रचण्ड–नेपाल पक्षलाई हटाउने प्रक्रिया अघि बढाइसकेको छ । प्रचण्ड–नेपाल पक्ष छाडेर ओली पक्षमा गएका जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेश कमिटी र जनसंगठनका अध्यक्ष तथा सचिवहरुको पदपूर्ति गरिने भएको छ ।

    सबै तहमा नेतृत्व परिवर्तन गर्ने र परिवर्तित नेतृत्वमा ओली पक्षमा गएका पूर्व एमालेहरुको स्थानमा पूर्व एमालेलाई नै दिने गरी मापदण्ड तय भएको कार्यदलका एक सदस्यले जानकारी दिए । यसरी ओली पक्षले छाडेको सबै भाग माधव नेपाल पक्षले पाउने भएको छ । यसरी नयाँ पार्टीमा प्रचण्ड अल्पमतमा पर्ने देखिएको छ । प्रचण्ड–नेपाल पक्षले विभिन्न तहमा पदाधिकारी चयन गर्न १२ सदस्यीय कार्यदल गठन गरेको थियो । 

    कार्यदलमा स्थायी कमिटी सदस्यहरु गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, बेदुराम भुसाल र सुरेन्द्र पाण्डे, मातृका यादव सदस्य छन् । कार्यदललाई १ हप्ताभित्र विधि र मापदण्ड तय गर्न समयसीमा दिइएको थियो ।

    ‘कार्यदलले विधि र मापदण्ड तय गरिसकेको छ अहिलेको अवस्थामा पार्टी एकीकरण गर्दा जे अवस्था अपनाइएको थियो त्यही कायम राख्ने, एकीकरणको बेला साबिकका २ पार्टीका नेताहरुले नेतृत्व लिइरहेको स्थानमा त्यही नै कायम हुनेछ तर केन्द्रीय सदस्य भने तत्काल थप हुने छैन,’ कार्यदलका एक सदस्यले भने । 

    ती सदस्यका अनुसार सो प्रस्तावलाई स्थायी कमिटीमा पेश गरिने छ । ‘स्थायी कमिटी बैठकमा सो मापदण्डबारे छलफल हुनेछ, त्यहाँबाट पास भएपछि मात्रै रिक्त रहेका सबै कमिटीमा पदपूर्ति गरिने छ,’ कार्यदलका सदस्यले भने ।

    कार्यदलले बनाएको मापदण्डअनुसार प्रचण्ड–नेपाल पक्षमा महासचिव पनि पूर्व एमालेले पाउने छ । उपाध्यक्ष वामदेव गौतम सो समूहमा आवद्ध नभए उपाध्यक्ष पनि पूर्व एमालेले पाउने निश्चित भएको छ ।

    ओली पक्षले भने विधान संशोधन गरेर केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५१ बनाइसकेको छ । जिल्ला कमिटीहरुमा पनि तत्कालै अर्को समानान्तर कमिटी बनाएर पदपूर्ति गरिसकेको छ । तर प्रचण्ड–नेपाल पक्षले भने विधि र मापदण्ड बनाएरै पदपूर्ति गर्ने जनाएको छ । सो समूहले तत्कालै महासचिव र उपाध्यक्षमा कसैलाई पनि चयन नगर्ने जनाएको छ । ‘सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगले विवाद नटुग्याउँदासम्म महासचिव र उपाध्यक्ष चयन हुने छैनन्,’ कार्यदलका एक सदस्यले भने ।

    हाल महासचिव विष्णु पौडेल ओली पक्षमा छन् भने उपाध्यक्ष बामदेव गौतम पार्टी एकता अभियान घोषणा गर्ने अन्तिम तयारीमा छन् । हाल प्रचण्ड–नेपाल पक्षमा साविकको नेकपाभित्रका बहुमत केन्द्रीय सदस्य छन् ।

    प्रचण्ड–नेपाल पक्षले दुवै तर्फबाट खाली रहेका कमिटीहरु र सम्भावित नामबारे पनि छलफल गरिरहेको छ । ७७ वटै जिल्ला कमिटी, सातै प्रदेश, सबै जनसंगठनमा कुन तहमा के–के पद खाली भएका छन्, ती सबैको विवरण संकलन भइरहेको छ ।

    प्रचण्ड–नेपाल पक्षले स्थानीय तहबाट पनि सुझाव लिएर यसअघि जिम्मेवारी नपाएर र जिम्मेवारी पाउनुपर्ने व्यक्ति र उसको कार्यक्षमताबारे विवरण संकलन गरिरहेको छ । तर ओली पक्षले १ हजार १९९ जनाको केन्द्रीय कमिटी बनाएर सबैलाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा खटाएको छ । प्रचण्ड–नेपाल पक्ष भने विवरण संकलन गरेर मात्रै सबै कमिटीहरूमा पदपूर्ति गर्ने तयारीमा जुटेको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend